निजी विद्यालयले बुझाएर स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र

नुवाकोट । नुवाकोट निजी विद्यालय सञ्चालकहरुले सबै वैकल्पिक शिक्षण सिकाई बन्द गर्न बाध्य भएको भन्दै स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

निजी तथा आवासीय विद्यालयहरुका सङ्गठन प्याब्सन र एन प्याब्सनले संयुक्त रुपमा देशै भरका स्थानिय तहको ध्यानाकर्षण गराएका छन् । प्याब्सन प्रदेश नम्बर ३ का सह सचिब नारायण भण्डारीले राज्यले सहयोग नगर्दा निजी बिद्यालयहरु मारमा परेको बताए । तादी गाँउपालिकामा ध्यानाकर्षण पत्र बुझउदै उनले राज्यको शिक्षा प्रबाहमा ८० प्रतिशत योगदान निजी बिद्यालयहरुको रहेपनि राज्यले उपेक्षा गरेको उनको आरोप छ । पत्र बुझ्दै तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले स्थानीय सरकारले संघ र प्रदेशको निर्देशन मात्रै पर्खेर नबस्ने भएकोले आफ्नो पालिका भित्रका निजी विद्यालयहरुका हकमा केही कार्यक्रम र नीति ल्याउन तर्फ आफ्नो कसरत रहने बताएका छन् ।
शिक्षक–कर्मचारीहरुलाई तलब भुक्तान गर्न नसकेको, राज्यल आफुहरुको माग सम्बोधन नगरेकोले यस्तो अप्रिय निर्णय लिन बाध्य भएको ध्यानाकर्षणमा उल्लेख छ ।

प्याब्सन विदुर नगर समितिका अध्यक्ष ताराबहादुर कार्कीले विदुर नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । उनले विदुरका प्रमुख सञ्जु पण्डितलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख पण्डितले निजि बिद्यालयहरुको समस्या समाधानमा केन्द्रिय तहबाटनै नीतिगत निर्णय हुनु पर्ने बताए ।

यस्तै, प्याब्सन नुवाकोटका राममणि अधिकारीले सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले तामाङलाई पनि ध्यानाकर्षण पत्र बुझाएका छन् ।

३ श्रावण २०७७, शनिबार १०:४९



तपाईको प्रतिक्रिया