ककनी । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित कार्यदलले पर्यटकीय स्थल ककनीको बृहत्तर पर्यटन विकासका लागि स्थलगत भ्रमण गरेको छ ।
मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा रहेको कार्यदलले ककनीको भ्रमण गरेको हो । त्यस अवसरमा उनीहरुले स्थानीय नागरिक र जनप्रतिनिधिहरुसंग भेटगरी छलफल पनि गरेका छन् ।
संघीय सांसदद्धय हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा, प्रदेश सांसद बद्री मैनाली लगायतको जनप्रतिनिधिहरुको सहभागिता थियो । ककनीको एकीकृत गुरुयोजना निर्माण गरि पर्यटन प्रबद्र्धन र आन्तरिक आयमा बढवा दिन टोलीले अध्ययन गरिरहेको सांसद खतिवडाले बताए ।
मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा बनेको समितिको सदस्यहरुमा पर्यटन बिभागका महानिर्देशक डुण्डुराज घिमिरे, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी र तारागाउ बिकास समितिका अध्यक्ष प्रल्लाद न्यौपाने छन् । उनीहरुले साउन १८ गतेभित्र प्रतिवेदन तयार गरेर मन्त्रालयमा पेश गर्नेछन् ।
३ श्रावण २०७७, शनिबार १९:४३