पहिलो संक्रमण समुदायमै देखिएको नुवाकोटको तीन गाउँपालिका कोरोना मुक्त

तारकेश्वर गाउँपालिकामा बढि संक्रमित

नुवाकोटमा कोरोना संक्रमितको आधारमा तारकेश्वर गाँउपालिका अगाडी छ । अरु गाँउपालिकाको तुलनामा तारकेश्वरमा कोरोना संक्रमितको संख्या धेरै रहेको स्वास्थ्य कार्यालय नुवाकोटको तथ्याङ्कले देखाएको छ । पछिल्लो समय ३ जना संक्रमित थप भई तारकेश्वर गाँउपालिकाको मात्रै १५ जना संक्रमित पुगेको छ ।

विदुर नगरपालिका र म्यागङ गाँउपालिकाको चार चार जना, तादी गाँउपालिका र दुप्चेश्वर गाँउपालिकाको तीन तीन जना, बेलकोटगढी नगरपालिका र किस्पाङ गाँउपालिकाको दुई दुई जना संक्रमित भएका छन् ।

नुवाकोटमा ककनी गाँउपालिकाको एक जनामा पहिलो पटक कोरोना भाइरसको संक्रमण फेला परेको थियो । यस्तै पञ्चकन्या गाँउपालिकामा पनि अहिलेसम्म १ जना मात्रै संक्रमित भएका छन् । नुवाकोटमा देखिएको ३५ जना कोरोना संक्रमित मध्ये ३३ जना बिदेशबाट आएकाहरु रहेको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले बताएका छन् ।

बैदेशिक रोजगारी तथा अध्ययनको शिलशिलामा बिभिन्न मुलुकमा रहेको र बन्दाबन्दीको समयमा नुवाकोट आएर क्वारेनटाईनमा बसिरहेका ३३ जनामा संक्रमण पुष्टि भएको थियो । बाँकी २ जना भने समुदाय स्तरमा संक्रमण पुष्टि भएको थियो । नुवाकोटको सबै भन्दा पहिलो संक्रमित ककनी गाँउपालिकाका १ जना र किस्पाङ गाँउपालिकाका १ जन संक्रमित समुदाय स्तरमै रहेको छ ।

नुवाकोटमा अहिलेसम्म लिखु, सुर्यगढी र शिबपुरी गाँउपालिकामा कोरोना संक्रमित भेटिएको छैन । स्वास्थ्य कार्यालय नुवाकोटले दिएको तथ्याङ्क अनुसार अहिले १० जना आईसोलेसनमा उपचार गराई रहेका छन् । त्रिशुली अस्पताल नुवाकोटको आईसोलेसनमा ६ जना, खरानीटार अस्पतालमा ३ जना र पाटन अस्पतालको आईसोलेसनमा १ जना छन् ।

५ श्रावण २०७७, सोमबार ०८:४४



तपाईको प्रतिक्रिया