१० घर पहिरोको उच्च जोखिममा

दाङसिङ्ग । तारकेश्वर गाँउपालिका वडा नम्बर ३ को ढकालडाँडामा पहिरोका कारण १० घर उच्च जोखिममा परेको छ ।

अबिरल बर्षातका कारण ठुलो पहिरो गएपछि १० घर पहिरोको उच्च जोखिममा रहेको त्यहाँका ठाकुरप्रसाद ढकालले बताएका छन् । पहिरोका कारण मन्दिर र स्कुल पनि जोखिममा परेको छ । पहिरोले सडक अबरुद्ध हुँदा सबारी सञ्चालन समेत समस्या आएको उनले सुनाए ।

७ श्रावण २०७७, बुधबार २०:३६



तपाईको प्रतिक्रिया