नेकपाकाबाट निर्वाचित अध्यक्ष काँग्रेसको क्रियाशिल सदस्य

‘अर्जुनदाई, रामशरणदाई, बहादुरजी र प्रकाशजीले मेरो अगाडी भन्नुपर्यो’

विदुर । १२ औं महाधिवेशनका लागि नुवाकोट आएको क्रियाशिल सदस्यताकै भरमा अहिलेसम्म नुवाकोट काँग्रेस चलिरहेको छ । नुवाकोट काँग्रेसमा क्रियाशिल सदस्यता विवादका कारण पुरानै सदस्यताले काम चलाउँदै आएको हो । नेपाली काँग्रेस १४ औं महाधिवेशनको तयारीमा जुटिसकेको छ । तर १२ औं महाधिवेशनमा आएको क्रियाशिल सदस्यता पछि नुवाकोटमा नयाँ सदस्यता भित्रन सकेको छैन ।


नेकपाबाट वडामा निर्वाचित अध्यक्षहरुलाई समेत काँग्रेसले आफ्नो क्रियाशिल सदस्यता कायमनै गरेको छ । स्थानीय तह निर्वाचनमा काँग्रेस त्यागेर तत्कालिन एमाले र माओवादीबाट निर्वाचित भएका वडा सदस्यहरु पनि छन् । तर उनीहरुको नाम पनि नुवाकोट काँग्रेसको सूचीमा क्रियाशिल सदस्यकै रुपमा छ ।


नेकपाका होनाहार कार्यकर्ता बनिसकेका र र फरक पार्टीबाट चुनाव उठेर काँग्रेसकै उम्मेदवारलाई हराएकाहरु काँग्रेसकै क्रियाशिल सदस्य भइरहेका छन् । यसरी क्रियाशिल सदस्यता अद्यावधिक गर्न नसक्नुमा काँग्रेसकै नेताको कलह फेला परेको छ ।


नेपाली काँग्रेसको केन्द्रमा पहुँच राखेका चार नेताहरुका कारण कार्यकर्ताको नयाँ क्रियाशिल सदस्यता नआएको खुलासा भएको हो । यसमा नेपालीका काँग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महत, केन्द्रिय सदस्यहरु अर्जुननरसिंह केसी, डा. रामशरण महत र बहादुरसिंह लामा तामाङको हात रहेको जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले दावी गरेका छन् । केन्द्रको राजनीति गर्छु भन्नेहरु आफ्ना कार्यकर्तालाई सदस्यता दिनसमेत डराएको भन्दै उनले ति केन्द्रिय नेताहरुप्रति घृणा व्यक्त गरे ।


विदुरमा आयोजित एक कार्यक्रममा अब वडातिरैबाट लडाई थाल्न पनि आफ्ना ईकाई सभापतिहरुलाई निर्देशन दिएका छन् । ‘१३ औं महाविधेशनमा हामीले जिल्लाबाट पठाएको क्रियाशिल सदस्यतको सूची आउनु पर्यो, पुरानो सदस्यता नामावली मानिदैन’ नुवाकोट काँग्रेस सभापति केसीले भने ।

काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी


‘अर्जुनदाई, रामशरणदाई, बहादुजी र प्रकाशजी गएर मेरो अगाडी पठाइदिनु भन्नुपर्यो’ जगदीश्वरनरसिंह केसीले भने । उनले काँग्रेस केन्द्रमा नुवाकोटबाट प्रतिनिधित्व गर्ने नेताहरु सबैको नाम लिएपनि बहादुरसिंह लामा तामाङ र प्रकाशशरण महतका कारण नुवाकोटले नयाँ सदस्यता प्राप्त गरेको आशय थियो । यसअघि क्रियाशिल सदस्यता सिफारिस भई जिल्लाबाट गएको नाम केन्द्रबाट कार्यकर्ताको रुपमा स्विकृत भएर नआए पार्टीलाई हुने क्षतीको सभापति केसीले चुनौती दिएका छन् ।


नेपाली काँग्रेस नुवाकोटले पुरानो सदस्यता प्रमाणित नभएसम्म नयाँ सदस्यता फारम समेत नबुझाउने भएको छ । ‘बल र शक्तिका आधारमा मात्रै सदस्यता दिने काम भयो’ भन्दै केसीले केही नेताहरुलाई खवरदारी गरेका छन् । ति नेताहरुमा उनै काँग्रेस केन्द्रिय सभापति शेरबहादुर देउवा नजिकका डा. प्रकाशशरण र बहादुरसिंह छन् । दुई वटा निर्बाचन क्षेत्र रहेको नुवाकोटमा अहिले काँग्रेससंग झण्डै ८ हजार क्रियाशिल सदस्य छन् । १३ औँ महाधिबेशनमा ६ हजार क्रियाशिल सदस्यता सिफारिस भएपनि केन्द्रले अहिलेसम्म फिर्ता गरेको छैन ।

१७ श्रावण २०७७, शनिबार ०७:१५



तपाईको प्रतिक्रिया