पानी पनि पाएनन् (अडिओ रिपोर्ट)

विदुर । सरकारले विदेशबाट उद्धार गरेर हिजो ल्याएको नागरिकहरुको जावलाखेलस्थित होडिङ सेन्टरमा कन्तविजोग भएको छ । हिजो साँझ ७ बजे त्रिभिवन अन्त्राष्ट्रिय विमानास्थलमा ओर्लिएकाहरुले अहिले विहान साढे ११ बजेसम्म केही खान पाएका छैनन् ।

राती देखिनै जावलाखेल स्थित एक होल्डिङ सेन्टरमा राखिएका उनीहरुलाई आफ्नै खर्चमा होटलको क्वारेन्टाइनमा बस्न दवाव दिइएको छ । उनीहरुले आफ्नो पालिकासंग समन्वय गरेर घर जान चाहि रहेका छन् । राती १२ बजे ६०-७० जनालाई दुई जार पानीको दरले भाग लगाएर दिइएकोमा थप पिउने पानी समेत नआएका नुवाकोटको तादी गाउँपालिका वडा नं. २ का देवेन्द्र तामाङले खबरपेजलाई जानकारी दिएका छन् । उनीहरुले खानाको माग गरिरहेका छन् । तर माथिको आदेश पर्खन भन्दै होल्डिङ सेन्टरको रेखदेख गरिरहेको सेनाले जवाफ दिएको छ ।

उनीहरुको उद्धार र व्यवस्थापनका लागि नुवाकोटका सांसद हितबहादुर तामाङ अहिले स्वास्थ्य मन्त्रिसंग छलफल गर्न मन्त्रालय गएका छन् । खबरपेजसंगको सम्पर्कमा उनले तत्कालै यसको व्यवस्थापन गर्ने बताएका छन् । तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले आफ्नो नागरिककको कन्तविजोग सुन्दा दुःख लागेको र एम्बुलेन्स पठाएर उद्धार गर्न चाहेको सुनाएका छन् ।

अहिले जावलाखेलमा दुवई, कतारबाट आएका २६६ जना नेपालीलाई होल्ड गरि राखिएको छ । त्यसमा अहिलेसम्म नुवाकोटको पाँच जना रहेको विवरण प्राप्त भएको छ । जसमा विदुर नगरपालिका वडा नं. ५ का भोजबहादुर गजुरेल, तादी गाउँपालिका वडा नं. २ का देवेन्द्र तामाङ, किस्पाङ गाउँपालिका वडा नं. २ का शेरबहादुर तामाङ, ककनी गाउँपालिका वडा नं. २ का पदमबहादुर तामाङ र सुर्यगढी गाउँपालिका वडा नं. २ का दीपक नेपाली छन् ।

८ भाद्र २०७७, सोमबार १३:०८



तपाईको प्रतिक्रिया