ब्याज मिनाहाको माग

विदुर । बन्दाबन्दी लामो समयसम्म जाने सम्भावना भएपछि नुवाकोट उद्योग बाणिज्य संघले ब्यबसाय सञ्चालनमा सहजिकरण गर्न माग गरेको छ ।

नुवाकोट उद्योग बाणिज्य संघले एक आज बिज्ञप्ति जारी गर्दै बैङ्कको ब्याज मिनाहा गर्नुपर्ने, किस्ता हाललाई स्थगित गर्नुपर्ने, कर छुट गर्नु पर्ने लगायतको माग गरेको छ । संघका अध्यक्ष ताराबहादुर कार्कीद्धारा बिज्ञप्तीमा उद्योगी तथा ब्यबसायीको स्थिरता, निरन्तरता र बिकासको लागी तिनै तहको सरकारले राहतको प्याकेज घोषणा गर्नुपर्ने माग छ ।

संघले विज्ञप्ती मार्फत् जिल्ला भित्र रहेका सबै ब्यापार र तथा ब्यबसायलाई सुरक्षाको मापदण्ड तयार गरी ब्यबसाय सञ्चालनमा सहज बनाउन स्थानिय प्रशासनको ध्यानाकर्षण गराएको हो । लामो समयसम्म भएको बन्दाबन्दीले ब्यवसाय नै धारासायी भएको भन्दै सहजिकरणको लागी आग्रह भएको संघका द्धितिय उपाध्यक्ष सन्तोष उप्रेतीले बताए ।

१० भाद्र २०७७, बुधबार २१:५३



तपाईको प्रतिक्रिया