स्वास्थ्य कार्यालयका अनुसार हालसम्म ५६ जना पुरुष र १३ जना महिला अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै थप ३ जना डिस्चार्ज भएको कार्यालयका सूचना अधिकारी उत्तम खनालले जानकारी दिनुभएको छ । नुवाकोट जिल्लामा रहेका २० जना कोरोना संक्रमितहरुमध्ये १२ जनाको त्रिशुली अस्पतालमा र ७ जनाको काठमाण्डौमा उपचार भइरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
१३ भाद्र २०७७, शनिबार १८:५८