नुवाकोट – लिखु गाउँपालिका वडा नं १ को वडा कार्यालय भवनको शुक्रबार शिलान्यास भएको छ ।
जिल्ला समन्वय समिति (जिसस) नुवाकोटका प्रमुख सन्तमान तामाङले वडा भवनको शिलान्यास गरेका हुन् ।
तीन कोठे र एक सभाहलको बन्ने वडा भवनको लागत करिब ५९ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए । जसमा जिससको ६० प्रतिशत र पालिकाको ४० प्रतिशत रकम रहेको छ ।
वडा भवन आव २०७७/७८ को पुष मसान्तसम्ममा सम्पन्न हुने वडाध्यक्ष नरहरी पाण्डेले जानकारी दिए ।
वडाको भवन निर्माणको लागि लिखु गाउँपालिका-१ का धर्मदत्त लामिछानेले करिब ८० लाख बराबरको १ रोपनी जग्गा दान गरेका छन् ।
६ असार २०७७, शनिबार १२:३२