राती राती चलिरहेछ मेसिन

dozer excavator
फाइल फोटो

विदुर । असार १ गते देखि भदौ कसान्त सम्म नदीमा हाते औजारको समेत प्रयोग गर्न नपाउने निर्णय भएतापनि रातको समयमा उपकरण प्रयोग हुन थालेको छ ।

बेल्कोटगढी नगरपालिकाको रातमाटे र कोल्पु खोलामा रातको समयमा नदी उत्खनन् सुरु भएको हो । प्रहरी र स्थानियहरुको को ठाँडो आँखा नपर्ने स्थानबाट बालुवा उत्खनन् गरि डम्प गर्न सुरु भएको छ । बिशेष गरि रातको समयमा पानी परेको बेला ठुला उपकरणहरु नदीमा पस्ने गरेको छ ।

वर्षा याममा बालुवा उत्खननमा रोक लगाएको पुलिस र प्रशासनले बताएपनि बालुवा तस्करी भइरहेको छ । नदीमा पानीको बहाब बढेसँगै अवैध बालुवा उत्खनन् गरेको तयारी तिब्र भएको छ । दिनभर नदी किनार र छेउछाउमा स्काभेटर राख्ने रात परेपछी खोलामा पस्ने गरेको हो ।

दिन प्रतिदिन तस्करीको सञ्जाल बढ्दै जाँदा स्थानीय सरकार, पुलिस प्रशासनले खासै ध्यान दिन सकेको छैन् । बालुवा उत्खननमा पहुँचवाल व्यक्तिको आडमा हुने गरेको स्रोतको दाबी छ । सडक किनारा र नदी आसपासमा स्काईभेटरहरु दिउँसो सुनसान बस्ने भएपनि रातको समयमा उत्खनन गर्ने गरेको स्थानिय नागरिकहरुको भनाई छ ।

वर्षायाममा बालुवाको अभाव भएपछि तस्करहरुले अवैध ढंगबाट बालुवा निकासी गरी चर्को मूल्यमा बिक्री गर्दै आएका छन् । वर्षा लागेसँगै स्थानीय सरकारले बालुवा निकासीमा रोक लगाएको छ । दैनिक ज्याला गर्ने मजदुरलाई साबेल प्रयोग गरेर बालुवा निकाल्न समेत रोक लगाएको हो । जिल्ला समन्वय समितिमा बैठक बस्दै नदीमा हाते औजारको समेत प्रयोगले बालुवा उत्खनन् गर्न नपाउने बताइृउको छ । नदीमा अबैध उत्खनन् भएको पाईएमा सिदै मुद्दा चलाउने नुवाकोट प्रहरी प्रमुखको भनाई थियो ।

तर जिल्लाका केहि स्थानमा तस्करहरु सलबलाउन थालि सकेका छन् । गत बर्ष तस्करहरुकै कारण प्रहरी प्रमुखको सरुवा समेत भएको थियो ।

२३ असार २०७७, मंगलवार १४:३८



तपाईको प्रतिक्रिया