कुटेरै युवाको हत्या

काठमाडौं । काठमाडौंमा भएको कुटपिटमा रसुवाको एक जनाको ज्यान गएको छ । एक जना सामान्य घाइते भएका छन् । तारकेश्वर नगरपालिका वडा नम्वर ५ गोलढुंगामा स्थानीयको कुटपिटबाट २४ वर्षीय छिरिङ तामाङको मृत्यु भएको हो ।

मदिरा पिएर सडकमा होहल्ला गरेको भन्दै स्थानीयले चोरको आरोप लगाएर उनीमाथी कुटपिट गरेका थिए । टाउँकोमा चोट लागेको उनको अस्पताल पुग्दापुग्दै ज्यान गएको हो । रसुवा घर भई गोलढुंगामा बस्ने उनका साथी दोर्जे तामाङ सामान्य घाइते छन् । घटनाको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

३ श्रावण २०७७, शनिबार १९:३२



तपाईको प्रतिक्रिया