दुई जना संक्रमित थपिए

नुवाकोट । तारकेश्वर गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण भएको आज पुष्टि भएको छ । यो संगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ३४ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । त्यस मध्ये २५ जना निको भएर घर गइसकेका छन् । रााष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा पिसिआर चेकजाँच गर्दा उनीहरुमा कोरोनाको संक्रमण देखिएको हो ।

तारकेश्वर गाउँपालिकाका ३१ र ३४ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । अब नुवाकोटका ११ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

त्रिशुली अस्पतालको आईसोलेसनमा ७, खरानीटार अस्पतालमा ३ र पाटन अस्पतालमा १ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

३ श्रावण २०७७, शनिबार २०:०१



तपाईको प्रतिक्रिया