विदुर । बागमती प्रदेश सांसद कल्पना नेपालीले विकासको नाममा विनास नित्याएको भन्दै सरकारलाई पर्यावरणीय स्थितिलाई ध्यान दिन अनुरोध गरेका छन् ।
प्रदेशको वर्खे अधिवेशनको विशेष समयमा बोल्दै सांसद नेपालीले यस्तो सुझाव दिएका हुन् । प्रदेशको भौगोलिक विशिष्टता, पहिचान र पर्यावरणीय स्थितिलाई हेरेर मात्रै विकासका कार्यहरु अगाडि बढाउनु पर्ने उनको तर्क छ ।
संघीय राजधानी र प्रदेश राजधानीको नजिक भएपनि नुवाकोट विकासमा पछि परेको सांसद नेपालीको दाबी छ । जलविद्युत आयोजनादेखि धार्मिक तथा साँस्कृतिक सम्पदाहरु भरीपूर्ण रुपमा रहेको नुवाकोटलाई जोड्ने सडकको अवस्था नाजुक भएकै कारण नुवाकोट पछाडी परेको उनले बताए ।
५ श्रावण २०७७, सोमबार १९:५३