विदुर । नुवाकोटका रुद्रसिंह तामाङ संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्र्तगतको पर्यटन विभागको महानिर्देशकमा नियुक्त भएका छन् ।
मन्त्रालयका सह सचिव तथा प्रवक्ता तामाङलाई हिजो महानिर्देशकमा नियुक्त गरिएको हो । मन्त्रालयका अनुसार उनले हिजैदेखि विभागमा महानिर्देशकको जिम्मेवारी सम्हाल्नेका छन् ।
तामाङले यसअघि काठमाडौं महानगरपालिकाको कार्यकारी निर्देशक, नुवाकोट र धादिङ जिल्लामा तत्कालिन जिल्ला विकास समितिको स्थानीय विकास अधिकारी (एलडिओ) हुँदै विभिन्न मन्त्रालयमा काम गरिसकेका छन् । उनी नुवाकोटको पञ्चकन्या गाउँपालिकाका हुन् ।
८ श्रावण २०७७, बिहीबार २१:४३