विदुर । नुवाकोटको बेलकोगटगढी नगरपालिकामा अविरल वर्षाले घर भत्किदा एक जनाको मृत्यु भएको छ । पहिरोले पाँच घर समेत पुरेको छ ।
बेलकोटगढी नगरपालिका वडा नं. ८ हर्रेमा ढुंगामाटोले बनेको कच्चि घर गए राती अविरल वर्षाको कारण भत्किएको हो । भत्किएको घरले च्यापिएर ६८ वर्षिय अक्कलबहादुर तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
यस्तै बेलकोटगढी नपा वडा नंं. ५ दुईपिपल डबली नजिकै पहिरोले पाँच घर पुरेको छ । शुक्रबार विहान आएको पहिरोले पाँघ घर पुरिएको हो । २ वटा भैसी र २० भन्दा बढी बाख्रा पहिरोले छोपेको छ । अमिलिको बोट मुनिबाट गएको पहिरोले उक्त क्षती गरेको हो । स्थानीय हरिध्वज लामिछानेका अनुसार त्यही पहिरोको कारण ४० भन्दा बढी घर जोखिममा परेको छ । स्थानीयलाई सुरक्षित स्थानमा सारिन थालिएको छ ।
९ श्रावण २०७७, शुक्रबार १४:३९