नुवाकोटमा विश्वविद्यालय स्थापनाको सम्भावना

काठमाडौं । नुवाकोट सरोकार समाजले प्रस्तावित ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय’ नुवाकोटमा स्थापना गर्न माग गर्दै ध्यानाकर्षण गराएको छ ।

विश्वविद्यालय स्थापनाका लागि नुवाकोटमा अनुकूल पूर्वाधार भएकोले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई समाजले ध्यानाकर्षण गराएको हो । समाजका अध्यक्ष रामशरण प्याकुरेललगायतकाले मन्त्री पोखरेललाई मन्त्रालयमा भेटगरि ध्यानाकर्षण पत्र बुझाउँदै नुवाकोटको सम्भावनाको बारेमा बताएका हुन् ।

नुवाकोटको शैक्षिक, पूर्वाधार र आर्थिक विकासप्रति सरोकार राख्दै सांस्कृतिक एवं प्राकृतिक स्रोतको संरक्षण तथा सम्बर्धन र सुशासन कायम गर्ने कार्यमा रचनात्मक सहयोग पु¥याउन पनि समाजका प्रतिनिधिहरुले मन्त्रिलाई आग्रह गरेका छन् ।

विश्वविद्यालय सम्बन्धी विधेयक हाल संघीय संसद्मा विचाराधीन छ भने विधेयकमा विश्वविद्यालयको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यका वा आसपासमा रहने उल्लेख छ ।

११ श्रावण २०७७, आईतवार १६:१८



तपाईको प्रतिक्रिया