भाडापनि दोब्बर, यात्रु पनि दोब्बर

नुवाकोट । कोभिड–१९ संक्रमण फैलन नदिनका लागि सरकराले सार्वजनिक यातायातका साधनमा दुरी कायम गरेर यात्रुहरुलाई बस्न र त्यही अनुरुप राख्नका लागि यातायात व्यवसायीहरुलाई आग्रह गरेको छ । यसरी आधा यात्रु बोके बापत सरकारले नै यात्रुसंग दोब्बर भाडा लिने भनेर अधिकार पनि दिएको छ ।
तर नुवाकोटमा अलिहे सञ्चालनमा

आएका सवारी साधनहरुले यात्रुहरु कोच्ने गरेको र स्वास्थ्य सावधानी नअपनाईएको जनगुनासो बढ्न थालेको छ । नुवाकोट भित्र सञ्चालन भइरहेको सार्वजनिक यातायातका साधनमा पहिलाको जस्तै क्षमता भन्दा बढी यात्रु कोक्ने, मास्क र स्यानिटाइजर प्रयोग गर्न नलगाउने गरेको पाइएको छ ।

केही दिन अघि विदुरबाट थानसिंग हुँदै थानापती गएको बसमा यात्रु कोचाकोच राखेको तस्बिर सार्वजनिक भएको थियो । त्यस्तै तस्बिर आज बट्टारबाट विदुर जाने नगर यातायातको सार्वजनिक भएको छ । दोब्बर भाडा लिएर बसको क्षमता भन्दा बढी यात्रु राखेर गुडेका सवारी साधनलाई प्रहरी र ट्राफिक प्रहरीले बेवास्था गरेको भन्दै यात्रुहरुले गुनासो गरेका छन् । सुरुवा बसमा चढेका यात्रुहरुले दुरी कायम गरेर बस्ने र अन्य यात्रु नचढाउन आग्रह गरेपछि बसले बाटोको बीच बीचमा रोकेर यात्रु थपेको बताएका छन् ।

सचेत नागरिकहरु र यात्रुहरुले जिल्ला प्रहरी कार्यालयलाई नगर क्षेत्रभित्र सञ्चालन हुने सार्वजनिक यातायातका साधनहरुलाई नियममन गर्न आग्रह गरेका छन् । सरकारले भने अनुसारनै दोब्बर भाडा लिएपछि दुरी कामय गरेर आधा मात्रै यात्रु बोकाउने व्यवस्था गर्न नागरिकहरुले माग गरेका छन् ।

११ श्रावण २०७७, आईतवार १८:१२



तपाईको प्रतिक्रिया