नाका जोड्ने सडक बिहिवारदेखि अवरुद्ध

रसुवा । रसुवागढी नाका जोड्ने सडक ६ दिनदेखि ठप्प भएको छ । बिहीबारदेखि अवरुद्ध भएको स्याफ्रु–रसुवागढी सडकको पहिरो हटाउन नसक्दा सडक सञ्चालनमा आउन नसकेको हो ।

अविरल वर्षाको कारण स्याफ्रु रसुवागढी सडक खण्डको कुलुङ क्षेत्रमा ठुलो पहिरो झरेको थियो । यो सडक खण्डको अन्य स्थानमा झरेको पहिरो दैनिक रूपमा पन्छाउने गरिएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार सडक खण्डको कुलुङ बाहेक अन्य स्थानमा पहिरो गएको छैन ।

१३ श्रावण २०७७, मंगलवार ०८:२०



तपाईको प्रतिक्रिया