नुवाकोटमा आजै सात जना संक्रमित

समुदायस्तरमा भुसको आगो जस्तै छ भाइरस

विदुर । नुवाकोटमा आज सात जनामा कोभिड–१९ (नोबेल कोरोना भाईरस) को संक्रमण भेटिएको छ । यस अघिका संक्रमितको ‘कन्ट्रयाकट्रेसिङ्ग’को क्रममा सात जनाको भाइरसको संक्रमण फेला परेको हो ।


स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार विदुर नगरपालिकाका ६ जना र पञ्चकन्या गाउँपालिकाका १ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको हो । उनीहरुलाई अस्पताल लैजाने तयारी भइरहेको छ । यो सहित नुवाकोटका ५३ जनामा कोरोना भाइरसबाट संक्रमित भएका छन् । १० जना उपचार गरिरहेका छन् । पाँच जना नुवाकोटमै र ५ जनाको काठमाडौंमा उपचार भइरहेको छ । आज फेला परेका सबै सातै जनालाई नुवाकोटकै अस्पतालमा राखेर उपचार गरिने छ ।


आज एकै पटक समुदायस्तरका सात जनामा संक्रमण फेला परेपछि नुवाकोट थप असुरक्षित र जोखिमपूर्ण देखिएको छ । नुवाकोटमा अत्यावश्यक बाहेकका सेवालाई कम गरिएपनि संक्रमणको बढ्दो संख्या र शलीसंगै पूर्ण लकडाउन हुनसक्ने अनुमान गरिएको छ ।

२३ श्रावण २०७७, शुक्रबार १३:२८



तपाईको प्रतिक्रिया