गाई चोरेर काट्ने पक्राउ

तारकेश्वर (नुवाकोट) । अर्काको गोठबाट चोररे गाई काटेर खाएको अभियोगमा नुवाकोटका चार जना पक्राउ परेका छन् ।

तारकेश्वर गाउँपालिका वडा नं. ५ काभ्रेभञ्याङ्गका पाँच जना युवाहरुलाई आज जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३० वर्षका चन्द्रबहादुर तामाङ र सुन्जितबहादुर तामाङ, ३४ वर्षका जयबहादुर तामाङ र २८ वर्षका दलबहादुर तामाङ छन् ।

उनीहरुले वडा नं. ५ कै शिरानटोलका सन्तबहादुर तामाङको गोठमा बाधेको गाई हिजो चोरी गरेर काटेर खाएका छन् । नुवाकोट प्रहरीका अनुसार उनीहरु चारै जनाले गोठबाट २० मिटर पर लगेर गाई मारेका हुन् ।

उनीहरुलाई आजै नुवाकोट अदालतमा पेश गरेकोमा अनुसन्धानका लागि प्रहरीले अदालतबाट ५ दिनको म्याद पाएको छ ।

५ भाद्र २०७७, शुक्रबार १८:३४



तपाईको प्रतिक्रिया