करेन्ट लागेर चालकको मृत्यु

रसुवा । रसुवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार उत्तरगया गाउँपालिका वडा नं. ५ लहरेपौवाका २५ वर्षिया दिनेश श्रेष्ठको मृत्यु भएको हो ।

स्काभेटर चालक श्रेष्ठलाई गोसाइँकुण्ड गाउँपालिका वडा नं. ६ खोपाङभिरमा करेन्ट लागेको हो । पासाङ्ल्हामु सडक खण्डमा धुञ्चेबाट स्याफ्रुवेशी जाँदै गर्दा स्काभेटको नट कस्ने क्रममा विजुलीको तारमा छुन पुगेका थिए । स्काभेट बोकेको टेलर गाडी पञ्चर भएपछि त्यसमाथी रहेको स्काभेटरको नट कस्न श्रेष्ठ माथि चढेका हुन् ।

करेन्ट लागि घाइते भएका श्रेष्ठलाई उपचारका लागि धुञ्चे अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको रसुवा प्रहरीले जनाएको छ ।

२२ भाद्र २०७७, सोमबार १८:४७



तपाईको प्रतिक्रिया