विदुर । नुवाकोटमा हालसम्म २८ हजार ५ सय जनाको कोरोना पत्ता लगाउनका लागि पिसिआर परिक्षण भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ८ हजार ३५० पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । यस्तै नुवाकोटमा अहिलेसम्म ८ हजार २८० जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन् । नुवाकोटमा कोरोना संक्रमणबाट हालसम्म ५१ जनाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
२ मंसिर २०७८, बिहीबार २१:००