जनगणनाको काम ८५ प्रतिशत सकियो

तस्बिर : बिरोचन खनाल

विदुर । नुवाकोटमा राष्ट्रिय जनगणनाको काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८५ प्रतिशत गणनाको काम सम्पन्न भएको तथ्याङ्क कार्यालय नुवाकोटका प्रमुख नरेन्द्र शर्मा भट्टले जानकारी दिएका छन् ।

‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ १२ औं राष्ट्रिय जनगणना भैरहेको छ । विवरण संकलन गर्न तथ्याङ्क कार्यालयबाट खटिएका गणकसहितको टोली नागरिकहरुको घरघरमा पुगेका छन् । प्रत्येक १० वर्षमा गरिने जनगणना यसपटक सूचनाप्रविधि अनुकूल रहेको छ । जिल्ला जनगणना कार्यालय नुवाकोटका अनुसार नुवाकोटमा ३८१ जना गणकहरु खटिएका छन् । ९५ जना सुिपरिबेक्षक र ३८१ जना गणकहरुले प्रत्यक घरघरमा पुगेर तथ्याङ्क संकलन गरिरहेका छन् ।

मंसिर ९ गतेसम्म जनगणना हुने छ । जनगणनामा गणकले हरेक घर–परिवारसम्म पुगेर कूल ८० वटाको हाराहारीमा प्रश्न सोध्नेछन् । परिवारमा एक जना गणकले औसत २० मिनेट लगाउनेछ भने १५ दिनमा १७५ परिवारको गणना गर्नुपर्ने छ ।

७ मंसिर २०७८, मंगलवार २०:४३



तपाईको प्रतिक्रिया