नुवाकोट काँग्रेस सभापतिमा रमेशकुमार महत बिजयी

सभापति १० मत र उपसभापति ३ मतको फरकमा निर्वाचित

नुवाकोट (विदुर) । केही बेरअघि सम्पन्न भएको नेपाली काँग्रेस नुवाकोटको जिल्ला कार्य समितिको अन्तिम मतपरिणाम अनुसार रमेशकुमार महत सभापति पदमा निर्वाचित भएका छन् । आधिकारीक घोषणा केहीबेरमा हुँदै छ । जिल्ला कार्य समितिमा उनको प्यानललै निर्वाचित भएको छ ।

महत र सभापति पदका अर्का उम्मेदवार डा. केदारनरसिंह केसीबीच १० मतको मात्रै अन्तर परेको छ । महतको ८३३ मत र केसीको ८२३ मत रहेको छ ।

उपसभापतिमा महत प्यानलकै सन्तमान तामाङ राजु थापा बिजयी भएका छन् । तामाङको ८४६ मत र थापाको ७५१ मत रहेको छ । थापाले केसी प्यानलका उपसभापति उपेन्द्र कुइँकेल भन्दा ३ मत बढी ल्याएर निर्वाचित भए । कुइँकेलको ७४८ मत रहेको छ ।

उससभापति पदका अर्का उम्मेदवार होमबहादुर तामाङको मत ६८२ रहेको छ । उनी केसी प्यानलका हुन् । उपसभापति पदका स्वतन्त्र उम्मेदवार ठाकुरजंग पाण्डेले ८७ मत प्राप्त गरेका छन् ।

सचिवमा बैकुण्ठ मिश्र ९०० मत ल्याएर र श्रीराम श्रेष्ठ ८२९ मत ल्याएर निर्वाचित भएका छन् । सचिव पदमा केसी प्यानलबाट उम्मेदवारी दिएका शिबप्रसाद दाहालको ७०२ मत र शंकर पाण्डेको ६७९ मत रहेको छ ।

सहसचिवमा उत्तम पाठक ८८८ मत सहित र यादवप्रसाद नेपाल ८२३ मत लिएर निर्वाचित भएका छन् । सहसचिव पदका उम्मेदवारहरु झमकराज गुरुङको ६८८ मत र रुपबहादुर तामाङ ६८४ मत रहेको छ ।

कार्य समितिका सदस्यहरुको र महासमिति सदस्यको मत गणना भने केही बेरपछि हुने छ । हिजो भएको निर्वाचनमा जिल्ला कार्यसमितिको ५२ जना र महासमिति सदस्य ११ जनाका लागि मतदान भएको थियो ।

११ मंसिर २०७८, शनिबार १८:५७



तपाईको प्रतिक्रिया