धादिङ कांग्रेसको सभापतिमा रामनाथ अधिकारी

धादिङ । नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन् । अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता हुन् ।

अधिकारीले सभापति शेरबहादुर देउवा पक्षका नेता भीमप्रसाद ढुंगानालाई ३६ मतअन्तरले पराजित गरेका हुन् । अधिकारीले एक हजार ८२ मत ल्याए भने ढुंगानाले एक हजार ४६ मत पाए । पराजित ढुंगाना नीलकण्ठ नगरपालिकाका मेयरसमेत हुन् । उनलाई पूर्वकानूनमन्त्री दिलमान पाख्रिनको समर्थन थियो भने अधिकारीलाई निवर्तमान जिल्ला सभापति रमेश धमलाले साथ दिएका थिए ।

यस्तै उपसभापतिमा गेहेन्द्रबहादुर मल्ल र दलबहादुर अधिकारी विजयी भएका छन् भने सचिवमा रामकृष्ण पाण्डे र विकास क्षेष्ठ विजयी भए । सहसचिवमा नवराज तिमिल्सिना विजयी भएका छन् भने क्रान्ति डल्लाकोटी र विजयकुमार तामाङको मत बराबर छ र उनीहरूले ९९५ मत ल्याएका छन् । अन्य पदाधिकारी र सदस्यमा विजयी हुनेहरू पनि अधिकांश रामनाथकै प्यानलकै उम्मेदवार हुन् ।

१६ मंसिर २०७८, बिहीबार २१:१२



तपाईको प्रतिक्रिया