विदुर । नेकपा माओबादी केन्द्रको नुवाकोटमा १० वटा स्थानीय तहमा सम्मेलन सम्पन्न भएर नयाँ नेतृत्व आएका छन् । दुई वटा गाउँपालिकाको नेतृत्व चयन भने बाँकी रहेको छ । निर्वाचनबाट नयाँ नेतृत्व चयन नगर्ने र सर्वसम्मत रुपमा स्थानीय तहको नेतृत्व चयन गर्न पार्टीले निर्देशन दिएको छ । नुवाकोटको म्यागङ र लिखु गाउँपालिकाको गाउँ कमिटी चयन हुन बाँकी छ । सम्मेलनको उद्घाटन भने भइसकेको छ ।
सम्मेलनले विदुर नगरपालिकामा प्रभा बोगटी, बेलकोटगढी नगरपालिकामा शिबप्रसाद पौडेल ‘सित्तल’को नेतृत्वमा सर्बसम्मत नयाँ कार्य समिति चयन गरेको छ । यस्तै तादी गाँउपालिकामा अनुपकुमार पाण्डे, पञ्चकन्या गाँउपालिकामा मणिनाथ लामिछाने, तारकेश्वर गाँउपालिकामा सोमबहादुर तामाङ, सुर्यगढी गाँउपालिकामा ईमानसिंह तामाङ, किस्पाङ गाँउपालिकामा सुमनसिंह तामाङको नेतृत्वमा नयाँ गाउँ कमिटी सर्वसम्मत रुपमा चयन भएको छ । ककनी गाँउपालिकामा सुमन तामाङ ‘सज्जन’, दुप्चेश्वर गाँउपालिकामा कमल खतिवडा, शिवपुरी गाँउपालिकामा मिनबहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
महिलाको नेतृत्व
विदुर । महिला, आदिवासी जनजाती तथा सिमान्तकृत नागरिकहरुलाई मलधारको राजनीति र समाजमा स्थापित गराउने नेकपा माओवादी केन्द्रको नुवाकोटमा जारी सम्मेलनमा एउटा स्थानीय तहमा मात्रै महिलाले नेतृत्व पाएका छन् ।
माओवादी केन्द्रले विदुर नगरको नेतृत्व महिलाले लिएको हो । विदुर नगर कमिटिको अध्यक्षमा प्रभा वोगटी सर्वसम्मत रुपमा चयन भएका छन् । नगरपालिकाको दोश्रो सम्मेलनले सर्वसम्मत रुपमा बोगटीलाई अध्यक्षमा चयन गरेको हो उपाध्यक्षहरुमा वद्रि प्याकुरेल, कृष्णआनन्द विक र सम्पूर्ण अधिकारी चयन छन् । सचिवमा भोजराज पनेरु, सहसचिवमा सञ्जिव थपलिया, कोषाध्यक्षमा नारायणप्रसाद रिमाल चयन भएका छन् ।
१६ मंसिर २०७८, बिहीबार २१:१९