पञ्चकन्या । नेकपा माओवादी केन्द्र नुवाकोटका प्रभावशाली नेता एवं पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ ‘रमेश’ले पञ्चकन्यामा माओवादीलाई हराएर नेतृत्व गर्छु भन्नु सपनामात्रै हुने बताएका छन् ।
पञ्चकन्या गाउँ संगठन कमिटीको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेस, एमाले कुनै दलले पञ्चकन्यामा जितौंला भन्ने नसोच्न चेतावनी दिए ।
आगामी निर्वाचनमा कोही कसैले पञ्चकन्यामा माओवादीलाई हराएर यो गाउँको नेतृत्व गर्छु भन्ने सपना देख्नु भाछ भने त्यो केबल सपनामात्रै हुने उनले दावी गरेका छन् । पञ्चकन्या गाँउपालिकाको नेतृत्वको सपना बोकेर पार्टी, कार्यकर्ता, र जनतामाथि धावा बोल्न कसैलाई छुत नभएको बताउदै उनले पञ्चकन्या माओवादीको पोल्टामा रहेको दाबी गरेका छन् । उनले सम्मेलनमा भएको जनसहभागिताले पनि पुष्टि गरेको उल्लेख गरे । आसन्न स्थानिय तहको निर्बाचन नजिक भएकाले समेत उनले पाटिका कार्यकर्ताहरुलाई तयारी थाल्न निर्देशन समेत दिएका छन् ।
आफुले झन्डै साढे ४ वर्षअघि नेतृत्वमा आएदेखि भौतिक पूर्वाधार, खानेपानी, स्वास्थ्य, शिक्षा, पर्यटन क्षेत्रमा उल्लेख कम गरेको भन्दै उनले जनताका घरघरमा गएर भोट माग्न कुनै आनाकानी गर्नु नपर्ने बताए ।
पञ्चकन्यामा कुनै पनि हालतमा माओवादीले जित्ने पनि उनको भनाइ छ । केही समयमा निर्वाचन पनि हुने भएकोले निर्वाचनमा होमिन पार्टीका नेता, कार्यकर्तालाई तम्तयार रहन निर्देशन समेत दिएका छन् । गाँउपालिकाको अध्यक्षमा आफु निर्बाचित भएसँगै स्थानीय तहमा बिकास निर्माणले गति लिएको उनले बताए । पञ्चकन्या गाँउपालिकाकै नेता पटक पटक अर्थमनित्र हुँदा सुरु नभएको बिकासको मुल आफु अध्यक्ष भएपछी सुरुवात गरेको बताए । पछिल्लो ४ बर्षको बजेट कार्यान्वयनले गाँउपालिकामा बिकासको मुल फुटेको उनले बताए । सबै नागरिकहरुले महशुस गर्नेगरी स्थानीय तहको बिकास भएकाले पञ्चकन्या गाँउपालिकाका नागरिकहरु माथी कसैले धावा बोल्ने छुट नभएको उनले प्रष्ट पारे ।
अनौपचारिक रुपमा फेरि पालिका अध्यक्षमा नउठ्ने बताउँदै आएका अध्यक्ष तामाङले विपक्ष दलहरुको उम्मेदवार र निर्वाचनको माहोल हेरेर उम्मेदवारीबारे निर्णय लिने समेत बताएका छन् । अहिलेसम्म फेरि आफुनै नेतृत्वमा आउने कुनै निर्णय नभएको बताउदै पार्टीको निर्णयनै आफ्नो निर्णय भएको उद्घोष गरेका छन् ।
१६ मंसिर २०७८, बिहीबार २१:२६