नुवाकोटमा मतदाता साढे दुई लाख नजिक

विदुर । नुवाकोटमा मतदाता संख्या दुई लाख २८ हजार ७ सय ६२ पुगेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदातामध्ये एकलाख १७ हजार ६६७ जना महिला, एकलाख १० हजार ६८३ जना पुरुष र ३ जना तेस्रो लिंगी गरी कुल दुईलाख २८ हजार ७६२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

जिल्लाको विभिन्न स्थानिय तहमा पुगेर कार्यालयले मंसिर १७ गतेदेखि फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ । मतदाता नामावलीमा कोही नछुटुन,कोही नदोहोरिन मतदाता नामावली संकलन गरिने भएका गुरुङले जानकारी दिए ।

निर्वाचन कार्यालय नुवाकोटका प्रमुख गुरुङले ११ वटा स्थानीय तहको केन्द्रमा पुगेर दुई चरणमा मतदाता नामावली संकलन गरिने जानकारी दिए । पहिलो चरणमा छ स्थानीय तह र दोस्रो तहमा पाँच स्थानीय तहहरुमा मतदाता नामावली संकलन गरिने छ ।

पहिलो चरणमा आगामी मंसिर १७ गतेदेखि २६ गतेसम्म ककनी गाउँपालिका, लिखु, शिवपुरी, किस्पाङ, दुप्चेश्वर र सुर्यगढीमा सञ्चालन हुनेछ । यस्तै, दोस्रो चरणमा बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, पञ्चकन्या, म्यागङ र तादीमा मंसिर २८ देखि पुष ८ सम्म मतदाता नामावली संकलन कार्यक्रम सञ्चालन हुनेछ । जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता भईरहेकाले विदुर नगरपालीकामा भने भने यो कार्यक्रम सञ्चालन हुने छैन ।

नामावली संकलन अभियानमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकहरुको मतदाता नामावलीको विवरण संकलन कार्य हुनेछ भने निर्वाचन आयोगले तोकेको मितिमा १८ वर्ष पूरा गरेका नागरिकहरुको नाम मतदाता नामावलीमा समावेश गर्नेछ ।

यता, निर्वाचन आयोगले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ ।

बुधबार काठमाडौंमा निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना गरेको निर्वाचनसँग सम्बन्धित समसामयिक विषयहरुमा गरिएको अन्तरक्रियामा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अब आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको बताएका हुन् ।

आयोगका अनाुसार ७७ वटा जिल्ला निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयबाट जुनसुकै समयमा पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था समेत गरेको छ ।

प्रमुख आयुक्त थपलियाले आउँदो माघ १२ गते राष्ट्रियसभाको चुनाव गर्न आयोगको तयारी भइरहेको बताए । उनले उपनिर्वाचनका लागि अहिले २२ स्थान रिक्त रहेको र सरकारले मिति तोके उपनिर्वाचन गराउन आयोग तयार रहेको पनि बताएका छन् ।

त्यस्तै, आयोगले आउँदो जेठको ५ गते स्थानीय तहका सबै पदाधिकारीहरुको पद रिक्त हुने भएकोले त्यो अगावै स्थानीय तहको निर्वाचन गराउन आवश्यक तयारी प्रारम्भ गरेको छ । प्रमुख आयुक्त थपलियाले अब उम्मेद्वारी घोषणा गर्दा उम्मेद्वारको सम्पत्ति विवरण लिने कानून पनि आयोगले बनाएको छ ।

थपलियाले निर्वाचनको बेलाको हरेक सात/सात दिनमा आम्दानी खर्च सार्वजनिक गर्नुपर्ने नियम बनाएको र त्यसका लागि अब आयोगले यी कुराहरु हेर्नका लागि स्थानीय तहको निर्वाचन हुँदा ७५३ ठाउँमा अनुगमन गर्ने समिति, प्रदेशको निर्वाचन हुँदा ३३० ठाउँमा, प्रतिनिधिसभाको निर्वाचन हुँदा १६५ ठाउँमा अनुगमन समितिको व्यवस्था गरिएको छ ।

मंसिर १७ गतेदेखि स्थानीय तहमै फोटो सहतिको नामावली संकलन
विदुर । जिल्ला निर्वाचन कार्यालय नुवाकोटले मंसिर १७ गतेदेखि स्थानीय तहको केन्द्रमा गएर फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ ।

मतदाता नामावलीमा कोही नछुटुन्, कोही नदोहोरिन मतदाता नामावली संकलन गरिने भएको हो । जिल्ला निर्वाचन अधिकृत राकेश गुरुङका अनुसारका ११ वटा स्थानीय तहको केन्द्रमा गएर दुई चरणमा मतदाता नामावली संकलन गरिने भएको छ । पहिलो चरणमा छ स्थानीय तह र दोस्रो तहमा पाँच स्थानीय तहहरुमा मतदाता नामावली संकलन गरिने छ ।

पहिलो चरणमा यहि मंसिर १७ गतेदेखि २६ गतेसम्म ककनी गाउँपालिका, लिखु, शिवपुरी, किस्पाङ, दुप्चेश्वर र सुर्यगढ़ीमा सञ्चालन हुनेछ । यस्तै, दोस्रोचरणमा बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, पञ्चकन्या, म्यागङ र तादीमा मंसिर २८ देखि पुष ८ सम्म मतदाता नामावली संकलन कार्यक्रम सञ्चालन हुनेछ ।

जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता भईरहेकाले विदुर नगरपालीकामा भने यो कार्यक्रम सञ्चालन नहुने बताईएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले राजनैतिक दलका प्रतिनिधि तथा जनप्रतिनिधि लगायतलाई मतदाता नामावाली संकलनमा सहयोगको लागि अनुरोध गरे ।

कार्यक्रममा सहभागि राजनीतिक दलका प्रतिनिधिहरुले एक स्थानीय तहमा एकठाँउमात्र केन्द्र राख्दा असहज हुने भएकाले केन्द्रलाई थप गर्न अनुरोध गरेका थिए ।

तथ्यांकअनुसार नुवाकोटमा महिला एकलाख १७ हजार ६६७ जना, एकलाख १० हजार ६८३ जना र ३ जना तेस्रो लिंगी गरी कुल दुईलाख २८ हजार ७६२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

नामावली संकलन अभियानमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकहरुको मतदाता नामावलीको विवरण संकलन कार्य हुनेछ भने निर्वाचन आयोगले तोकेको मितिमा १८ वर्ष पूरा गरेका नागरिकहरुको नाम मतदाता नामावलीमा समावेश गर्नेछ ।

मतदाता नामावली संकलनका लागी नेपाली नागरिकताको सक्कल प्रमाणपत्र लिएर सम्बन्धित व्यक्ति स्वयम उपस्थित हुनुपर्ने छ । नागरिकतामा उल्लेख भएको स्थायी ठेगानामा नाम समावेश गर्ने चाहनेको हकमा नेपाली नागरिकताको प्रमाणपत्र बाहेक अन्य थप आवश्यक प्रमाण आवश्यक पर्ने छैन् । तर नागरिकतामा उल्लेख भएको स्थायी ठेगाना भन्दा फरक स्थानको मतदाता नामावलीमा नाम समावेश गर्न चाहेमा नाम दर्ता गर्न चाहेको स्थानमा बसाई सराई आएकोमा बसाईसराई प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रुपमा ल्याउनु पर्नेछ ।

यस्तै, एउटै स्थानीय तह भित्रको फरक वडाको हकमा समेत बसाईसराईको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य हुनुपर्ने उल्लेख गरेको छ । नाम दर्ता गर्न चाहेको स्थानमा विवाह भई आएकोमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य हुनुपर्नेछ ।

कुनै पनि गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडामा बसोबास गर्दै आएको भनि सिफारिस गरिएको अन्य प्रमाणलाई स्थायी ठेगानाको आधार नमानिने भएकाले त्यस्ता सिफारिसको आधारमा मतदाता नामावलीमा नाम दर्ता नगरिने निर्बाचन कार्यालय नुवाकोटले जनाएको छ ।

आसन्न स्थानीय तहको निर्बाचनलाई मध्य नजर गर्दे निर्बाचन आयोगले सबै स्थानीय तहमा गएर मतदाता नामावली संकलन कार्य सुरु गरेको हो । आगामी चैत्र भित्र स्थानीय तहको निर्बाचन सम्पन्न गरिसकनु पर्ने संबैधानिक ब्यबस्था रहेको छ । त्यसैको तयारी स्वरुप आयोगले मतदाता नामावली संकलन तथा अध्याबधिक कार्य सुरु गरेको जनाएको छ ।

यस्तै, निर्वाचन आयोगले सरकारी तलब खाने कुनै पनि कर्मचारीले कुनै पनि राजनीतिक दलको समितिमा बस्न नमिल्ने निर्णय गरेको छ जनाएको छ ।

आयोगकोे बैठकले संघीय सरकार, प्रदेश सरकार वा स्थानीय सरकार अन्र्तगत रहेका कुनै पनि कर्मचारी, शिक्षक र प्राध्यापकले कुनै पनि दलको समितिमा बस्न नमिल्ने निर्णय गरेको हो ।

आयोगले सरकारी तलब खाने व्यक्ति कुनै पनि दलको समितिमा रहेका उनीहरुको विवरण आयोगमा अद्यावधिक नगर्ने निर्णय गरेको छ । साथै जिल्ला समितिमा रहेका त्यस्ता व्यक्तिको विवरण जिल्ला निर्वाचन कार्यालय पनि अभिलेख नराख्ने निर्णय गरेको छ ।

हाल सत्तारुढ दल नेपाली कांग्रेस, प्रमुख विपक्षी दल एमाले र अर्को सत्तारुढ दल माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनका लागि जिल्ला तथा प्रदेशहरुमा चुनाव भइरहेका छन् । यी चुनावबाट कर्मचारी, शिक्षक र प्राध्यापकसमेत महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमितिहरुमा निर्वाचित भएको सार्वजनिक भएपछि निर्वाचन आयोगले यस्तो निर्णय गरेको जिल्ला निर्बाचन कार्यालय नुवाकोटले जनाएको छ ।

रसुवामा पनि नामावली संकलन विशेष कार्यक्रम
धुञ्चे । रसुवामा शुक्रबारदेखि मतदाता नामावली संकलन विशेष कार्यक्रम सुरु हुने भएको छ । जिल्लामा रहेका पाँच वटा स्थानीय तहमध्ये चारवटा स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय रहेका कारण कार्यक्रम सञ्चालन हुने छैन । जिल्ला निर्वाचन कार्यालयका अनुसार आमाछोदिङ्मो र नौकुण्ड गाउँपालिकामा मंसिर १७ गतेदेखि २६ गतेसम्म र उत्तरगया र कालिका गाउँपालिकामा मंसिर २९ गतेदेखि पुस ९ गतेसम्म कार्यक्रम सञ्चालन हुने छ ।

यसका लागि कार्यालयले आवश्यक प्रक्रिया अघि बढाइएको छ । स्थानीय तथा संघमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिन लागेसँगै कार्यालयले निर्वाचनका लागि कार्य अघि बढाएको हो । जिल्लाका स्थानीय तहमा १०÷१० दिनसम्म मतदाता नामावली संकलन गर्ने गरि आवश्यक प्रक्रिया अघि बढाएको निर्वाचन अधिकारी बिनिता भट्टराईले बताए ।

मतदाता नामावली संकलनका लागि दर्ता कर्मचारी, दर्तास्थल व्यवस्थापक र सहायक दर्ता कर्मचारी र दर्ता स्थल सहयोगि खटाइने जनाइएको छ । दर्ता कर्मचारीलाइ तालिम दिएर खटाइने भएको छ ।

मतदाता नामावलीमा खटिएकाहरुलाई सहजीकरण गरिदिन प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जनप्रतिनिधिहरुलाई अनुरोध गर्नुभएको छ । मंसिर १७ देखि निर्वाचन कार्यालयबाट बाहिरी जिल्लामा स्थायी ठेगाना रहेका नागरिकहरुको समेत मतदाता नामावलीको विवरण संकलन गरिने छ । २०७७ चैत्र ४ गते प्रकाशित अन्तिम मतदाता नामावली अनुसार रसुवामा ३४ हजार ८५१ जना मतदाता रहेका छन् ।

१६ मंसिर २०७८, बिहीबार २२:०५



तपाईको प्रतिक्रिया