विदुर । गल्छि त्रिशुली सडक स्तरउन्नती आयोजना अन्तर्गत बिदुर नगरपालिका वडा नम्बर १ बान्द्रेमा निर्माण भैरहेको दुई वटा पक्की पुलले सामुदायिक बन फडानी गरेको छ ।
पुल निर्माणको लागी आबाश्यक भन्दा बढि क्षेत्रमा सामुदायिक बन फडानी गरेको भन्दै स्थानीयहरुले काम अबरुद्ध गरेका छन् ।
पुल निर्माणको क्रममा स्थानियहरुले सहयोग गरिरहेको समयमा निर्माण कम्पनीले जथाभाबी रुख काट्ने र खोल्चामा पुर्ने काम गरेको भन्दै स्थानीयहरुले निर्माण कार्य प्रभाबित बनाएका छन् । आर एस निर्माण सेवाले बिदुर नगरपालिका वडा नं. १ बान्द्रेमा २ वटा पक्की पुल निर्माण गरिरहेको छ । स्थानीयहरुले निर्माण कम्पनीलाई रुख नकाट्न र काटिएका रुखहरुको ब्यबस्थापन गर्न पटक पटक आग्रह गर्दा पनि निर्माण कम्पनीले नमानेपछि काम अबरुद्ध पारेको स्थानीय सञ्जिब थपलियाले जानकारी दिएका छन् ।
बिकास निर्माणको क्रममा केहि रुख काटिदा स्थानीयहरुले सहयोग गरेका थिए । तर आबाश्यक्ता भन्दा बढी रुख स्काभेटरले ढाल्ने र माटोमा पुर्न थाले पछी पटक पटक निर्माण कम्पनीलाई नागरिकहरुले सचेत गराएका थिए । तर निर्माण कम्पनीले स्थानीयहरुको आबाजलाई बेवास्ता गर्दै आबाश्यक्ता भन्दा बढी रुख काट्ने र माटोले पुनः थाले पछी आफुहरुले निर्माण कार्य बन्द गरेको स्थानीयहरुको भनाई छ । बन समितिले समेत काटिएका रुख माटोमा नपुर्न आग्रह गरेको थियो । पुल निर्माणको क्रममा काटिएका रुखहरु बन समितिलाई उपलब्ध गराउन गरेको आग्रहलाई निर्माण कम्पनीले बेवास्था गर्दै आएको छ ।
१७ मंसिर २०७८, शुक्रबार ११:१३