लिखु अध्यक्षमा ढकाल

विदुर । नुवाकोटको दुई स्थानीय तहमा रोकिएको नेकपा माओवादी केन्द्रको नेतृत्व चयन प्रक्रिया मध्ये एउटामा सहमती जुटेको छ ।

नेकपा माओवादी केन्द्र लिखु गाउँपालिकाको अध्यक्षमा भिम ढकाल चयन भएका छन् । शनिवार भएको अधिवेशनले ढकालको नेतृत्वमा ५५ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा महेन्द्र डङ्गोल, कृष्णबहादुर मानन्धर र प्रभुशरण खतिवडा छन् ।

यस्तै सचिवमा सद्दाम राई र सह–सचिवमा कुलबहादुर थापा चयन भएको नेकपा माओवादी केन्द्रले जनाएको छ । यस्तै कमिटिको कोषाध्यक्षमा लक्ष्मीदेवी श्रेष्ठ छन् । १३ गते उद्घाटन भएको गाउँ सम्मेलन नेतृत्व चयनमा सर्वसम्मत गर्न समस्या भएपछि शनिवारसम्मलाई स्थगन गरिएको थियो ।

२३ मंसिर २०७८, बिहीबार १०:३५



तपाईको प्रतिक्रिया