विदुर । त्रिशुली अस्पताल नुवाकोटको स्वास्थ्य मन्त्री बिरोध खतिवडाले उद्घाटन गरेका छन् विनाशकारी भूकम्पले क्षति पुगेको जिल्ला अस्पताल त्रिशुलीको पुनः निर्माण पछी हस्तान्तरण तथा उद्घाटन भएको हो ।
नुवाकोट, रसुवा, धादिङलगायतमा सेवा पु-याउँदै आएको उक्त अस्पतालको नयाँ भवन निर्माणले नागरिकको स्वास्थ्य गुणस्तर बनाउने राज्यको लक्ष्य पूरा गर्न सक्षम भएको स्वास्थ्य मन्त्री खतिवडाले बताए । जिल्ला अस्पतलाहरुमा उत्कृष्ट ठहरिएको त्रिशुली अस्पतालको सेवा र गुणस्तरलाई निरन्तरता दिन उनले निर्देशन समेत दिएका छन् ।
सिमित श्रोत तथा साधनहरुको उपयोगले सञ्चालित अस्पताल देशकै नमूनाको रुपमा रहेकाले अरु जिल्लाहरुले यसको सिको गरिरहेको मन्त्रीको भनाई रहेको छ । साथै, हाल कोरोना संक्रमणका कारण जिबन अस्तब्यबस्त भैरहेकाले सुरक्षा साबधानी अपनाउन पनि उनले आग्रह गरेका छन् ।
कार्यक्रममा बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले त्रिशुली अस्पतालमा आबाश्यक रहेका सबै उपकरणहरु प्रदेश सरकारले उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । हाल अस्पतालमा एक्सरे, डाईलोसिस र सिटि स्क्यान जस्ता मेसिनहरु अत्याबश्यक रहेकाले त्यसको ब्यबस्थापन प्रदेश सरकारले केहि समयमै गर्ने उनले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै बाग्मती प्रदेश उपसभामुख तथा नुवाकोटका जनप्रतिनिधि राधिका तामाङले त्रिशुली अस्पताल सुबिधा सम्पन्न रुपमा निर्माण सम्पन्न हुनुमा सबै ब्यक्तिहरुको एकताको उपज रहेको बताए । नुवाकोटबाट केन्द्र र प्रदेशमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुखहरु र सरोकार राख्ने सबै नागरिकहरुको एकमत भएकै कारण अस्पताल निर्माण सम्पन्न भएको तामाङले बताए ।
भूकम्पले क्षति पुगेको अस्पतालको पुनःनिर्माणका लागि कोरियन सहयोग नियोग (कोइका)मार्फत २० करोड लगानीमा निर्माण भएको हो । ५० वेडको जिल्ला अस्पताल २०७६ फागुनसम्म पूरा गर्ने लक्ष्य राखिएको थियो । तर कोरोना संक्रमणका कारण अस्पताल मिर्नाणमा केहि समय ढिलाई भएको हो । तीन तलाको अस्पतालमा १११ कोठा रहेको र विपद् प्रतिरोधात्मक भवन निर्माण सम्पन्न भएको छ । अस्पतालको संरचना भूकम्पले क्षतिग्रत भएपछि जर्मन सहयोग नियोग (जिआइजेड)ले निर्माण गरेको १५ शैया क्षमताको प्रिफ्याब भवनमार्फत अस्पताल सञ्चालन हुँदै आएको थियो । निर्माणाधिक संरचनाको निर्माण सम्पन्न नँहुदै कोरोना संक्रमण आएकाले त्यसै भवनबाट कोभिडका बिरामीहरुको उपपचार सेवा प्रबाह भएको थियो ।
२३ मंसिर २०७८, बिहीबार १०:५१