विदुर । विदुर नगरपालिकाको प्रशासनिक भवन बुधवार शिलान्यास भएको छ । नगर प्रमुख सञ्जु पण्डितले भवनको शिलान्यास गरेका हुन् । नगरवासीलाई एउटै छानामुनिबाट सेवा दिन नयाँ भवन निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । कुल अनुमानित लागत १७ करोड ९ लाख ५४ हजार ६२९ रुपैयाँ रहेको उक्त प्रशासनिक भवन निर्माणका लागि १० करोड ५८ लाख ६७ हजार २५६ मा रेलिगेर न्यू टेक जेभी कम्पनीसँग ठेक्का सम्झौता भएको छ ।
नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्दै नगर प्रमुख सञ्जु पण्डितले कार्यायललाई थप व्यवस्थित बनाउन मुख्य भवन निर्माण गर्न लागिएको बताएका छन् । नगरपालिकाले बलियो भौतिक पूर्वाधारसहित गुणस्तरीय सेवा सम्पादनमा जोड दिएको उनको भनाई रहेको छ ।
नगरपालिकाका उपप्रमुख गिताकुमारी दाहालले नागरिकहरुको नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकारले अपेक्षा अनुरुपको कार्य गर्नमा सफल भएको बताएका छन् । नागरिकहरुको अपेक्षालाई आकलन गर्दै नगरपालिकाले लिएको अल्पकालिन र दिर्घकालिन नीतिले सहज भएको दाहालले बताए । नगरपालिकाको संस्थागत बिकाससँगै नगरमा बिकास निर्माणको कार्यलाई जनप्रतिनिधिहरु आएसँगै सहज तबरले कार्यान्वयनमा गएको उनको भनाई रहेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद मरासैनीले दुई वर्षमा सक्ने गरी अण्डरग्राउण्ड पार्किङसहित चार तले भवनको शिलान्यास गरिएको जानकारी दिए । उनका अनुसार अत्याधुनिक सेवा सुविधा रहनेगरी भवन निर्माण गरिने छ । भवनमा १०० क्षमता भएको अत्याधुनिक सभा हल १ वटा, नगर प्रमुख तथा उपप्रमुख कक्ष, शाखा कार्यालय कक्ष, प्रशासनिक कक्ष लगायत संरचना बन्नेछन् । भवनमा लिफ्टको समेत व्यवस्था रहेको भवन अपाङ्गता भएका नागरिकहरुका लागि तथा बालमैत्री भवन हुने बताइएको छ ।
कार्यक्रममा १० औं साग प्रतियोगितामा पदक जितेका विदुर नगरपालिकाका ६ जना खेलाडीलाई सम्मान पनि रेको छ । स्वर्ण पदक बिजेत खेलाडीलाई ५० हजार, रजत पद बिजेता खेलाडीलाई ४० हजार र कास्य पदक बिजेत खेलाडीलाई ३० हजार रुपैयाँ नगद र सम्मान पत्र विदुर नगरपालिकाले प्रदान गरेको छ । तेक्वान्दोमा काय पदक जितेका रेजिन रिमाल, साइक्लिङको स्वर्ण पदक विजेता लक्ष्मी मगर, भारत्तोलनको कास्य पदक बिजेता अस्मिता राई, तरवार फेन्सिङ तर्फको रजत पदक बिजेता मञ्जु तामाङ, तेक्वान्दोको रजत पदक बिजेता कृष्णबहादुर तामाङ सम्मानित भएका छन् ।
२३ मंसिर २०७८, बिहीबार ११:११