विदुर । नेकपा एमालेले सात प्रदेश अध्यक्ष तोकेको छ । आज बसेको केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरु प्रस्ताव गरिएको हो । जसअनुसार प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीको नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीको विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी प्रस्ताव गरिएको छ । उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई प्रस्ताव गरिएको छ ।
बागमती प्रदेशको अध्यक्ष केशवराज पाण्डे नुवाकोटका हुन् । उनी अहिले बागमती प्रदेश संसद छन् । बागमतीको उपाध्यक्षमा रामहरि सुवेदी, सचिवमा विजय सुवेदी र उपसचिवमा रत्न गुरूङ र महेश बर्ताैला छन् । सुवेदी काभ्रेका, सुवेदी चितवनका र गुरूङ काठमाडौँ र बर्ताैला मकवावपुरका हुन् ।
यसै बीच, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेका छन् । भक्तपुरमा बसिरहेको केन्द्रीय कमिटी बैठकमा ओलीले स्थायी कमिटी प्रस्ताव गरेका हुन् । १९ सदस्यीय पदाधिकारी बाहेक २६ जनाको नाम प्रस्ताव भएको हो । जसमा घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशिनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, अग्नि खरेल, प्रभु साह छन् । त्यस्तै, राजन भट्टराई, सीता पौडेल, विन्दा पाण्डे, गोरख बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, थाममाया थापा, शेरबहादुर तामाङ, शिवमाया तुम्बाहाङ्फे, हिक्तम कार्की छन् ।
२६ मंसिर २०७८, आईतवार १६:०२