विदुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सुभेच्छुक संस्था नेपाल बुद्धिजीवी संगठन नुवाकोटको अध्यक्षमा पुनः बशुराम रिजाल चयन भएका छन् ।
विहिवार सम्पन्न तेस्रो जिल्ला भेलाले सर्वसम्मत रुपमा रिजालको अध्यक्षतामा संगठन निर्माण गरेको हो । संगठनको सचिवमा मीनकुमार केसीलाई चयन गरेको छ । यस्तै भेलाले जिल्लाको १२ वटै स्थानीय तहमा संयोजक समेत चयन गरेको छ । स्थानीय तहको संयोजक पनि जिल्ला सदस्य रहने गरि संगठन विस्तार गरिएको सचिव केसीले जानकारी दिए ।
जिल्ला सदस्यहरुमा विदुर नगरपालिकाबाट मोतिराम न्यौपाने, इन्द्रबहादुर पण्डित, रामप्रसाद खनाल, बेलकोटगढी नगरपालिकाबाट ध्रुव पुडासैनी, अर्जुन पुडासैनी, ज्वालामुखी लामिछाने, तारकेश्वर गाउँपालिकाबाट विश्वराज घिमिरे, भरत सिग्देल, जनकराज ढुंगाना, दुप्चेश्वर गाउँपालिकाबाट हरिबहादुर थापा, होमबहादुर डंगोल चयन भएका छन् ।
यस्तै सूर्यगढी गाउँपालिकाबाट रामेश्वर खनाल, बलराम अधिकारी, तादी गाउँपालिकाबाट कविराज लिम्वु, अर्जुनप्रसाद खनाल, लिखु गाउँपालिकाबाट कृष्णबहादुर राई, मधु अधिकारी, पञ्चकन्या गाउँपालिकाबाट पुरुषोतम सुवेदी, रामप्रसाद लामिछाने नेपाल बुद्धिजीवी संगठन नुवाकोटको सदस्यमा चयन भएका छन् ।
म्यागङ गाउँपालिकाबाट मरिचमान तामाङ, तोयनाथ घले, ककनी गाउँपालिकाबाट नारायणप्रसाद फूयाँल, शिवपुरी गाउँपालिकाबाट महेन्द्रप्रसाद पाण्डे, महेशप्रसाद पाण्डे र किस्पाङ गाउँपालिकाबाट देवेन्द्र न्यौपाने सदस्यमा चयन भएका छन् । महिला सदस्यहरुमा सरिता पण्डित, रमिला नेपाल र श्रीजना भण्डारी रहेका छन् ।
२९ मंसिर २०७८, बुधबार ०९:५७