विदुर । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नुवाकोटले जिल्लाभरी संगठन विस्तार अभियानलाई तिव्रता दिदै तादी गाउँपालिकाको वडा नं. ५ र ६ मा वडा कमिटी गठन भएको छ ।
तादी गाउँपालिका वडा नं. ५ मा बावुराम तामाङको अध्यक्षतामा २५ सदस्यिय वडा कमिटि गठन भएको हो । कमिटिको उपाध्यक्षमा भगवान श्रेष्ठ र ज्ञानु गुरुङ चयन भएका छन् । कमिटिको सचिवमा केशव अधिकारी र उपसचिवमा गोपाल मिजार, सरु उप्रेती र झिल्के लामा तामाङ भएका छन् ।
कार्यक्रममा युवा संघ नेपालको वडा कमिटी समेत चयन भएको छ । कमिटिको अध्यक्षमा रविन तामाङ, उपाध्यक्ष विष्णु तामाङ, सचिव नारायण तामाङ र उपसचिव पुजा खड्का सहित १३ सदस्यीय युवासंघ वडा कमिटि गठन भएको हो ।
त्यस्तै, तादी गाउँपालिका वाड नं. ६ नेकपा समाजबादी वडा कमिटि अध्यक्षमा रामवहादुर तामाङ चयन भएका छन् । २९ सदस्यीय वडा कमिटिको उपाध्यक्षमा अर्जुन पौडेल र डलवहादुर तामाङ चयन भएका छन् । कमिटिको सचिवमा भुवन तामाङ र उपसचिवमा रामचन्द्र सुनार, सुनिता खनाल ढुङ्गाना र सोविता प्याकुरेल रिजाल चयन भएका छन् ।
भेलाले आर्थिक विभागमा प्रमुख बद्रिप्रसाद खनाललाई चयन गरिएको छ । कार्यक्रममा युवासंघ नेपालको वडा कमिटि समेत गठन भएको छ । कमिटिको अध्यक्षमा प्रकाश लामा, उपाध्यक्ष प्रकाश तामाङ, सचिव भुवन तामाङ र उपसचिव ठुलो कान्छा तामाङ रहेको १३ सदस्यीय वडा कमिटि चयन भएको हो ।
कार्यक्रम नेकपा एस पोलिटव्युरो सदस्य तथा नुवाकोट ईन्चार्ज राजेन्द्रप्रकाश लोहनीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश कमिटि सदस्य केपी लामिछाने, बशन्त बस्नेत, जिल्ला उपाध्यक्ष शान्ता थापा अधिकारी, उपसचिव अर्जुन श्रेष्ठ, युवासंघ नेपालका जिल्ला अध्यक्ष सुरेश अधिकारी, पार्टी जिल्ला कमिटि सदस्य देबेन्द्र तामाङ, हरिजङ्ग पाण्डे लगायत नेताहरुको उपस्थिति थियो ।
त्यसैगरि नेकपा एकीकृत समाजवादि शिवपुरी गाउँपालिका वाड नं. ४ को वडा कमिटि गठन भएको छ । शिवपुरी स्थित सिक्रेमा आयोजित कार्यक्रममा डम्बरबहादुर खड्काको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन भएको हो । कमिटिको उपाध्यक्षमा बलबहादुर गुरुङ र मनिषा खड्का चयन भएका छन् । सचिवमा दुर्गा आलेमगर, उपसचिवमा उमा वुढाथोकी चयन भएका छन् । वडा कमिटि युवा संघको अध्यक्षमा छिरिङ तामाङले जिम्मेवारी पाएका छन् ।
२९ मंसिर २०७८, बुधबार १०:४२