माओवादी बागमती अध्यक्षमा सरल सहयात्री

विदुर । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल विजयी भएका छन् । काभ्रेपलान्चोकका दीननाथ गौतम (प्रयास)लाई पराजित गर्दै सरल अध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले १६२ मत ल्याए भने गौतमले ८६ मतमात्रै पाए ।

यस्तै तीन जना उपाध्यक्षमा रुपा महर्जन, प्रेमबहादुर पुलामी र रामप्रसाद ढुङ्गाना विजयी भएका छन् । सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ (छिन्ताङ) निर्वाचित भएका छन् । ढुङ्गाना नुवाकोटका हुन् ।

तीन जना सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । लामछिाने रसुवाक हुन् । कोषाध्यक्षमा संगीता भट्टराई विजयी भएकी छन् ।

सम्मेलन सुरु भएको १० दिनसम्म पनि अध्यक्षसहित पदाधिकारीमा सहमति हुन नसकेपछि सोमबार राति मतदान भएको थियो । माओवादीले प्रदेश कमिटीका सदस्यहरूलाई मतदाता मानेर निर्वाचन गराएको हो ।

 

६ पुष २०७८, मंगलवार १४:५३



तपाईको प्रतिक्रिया