आत्महत्या रोकथामका लागि अभियान सञ्चालन

smart

विदुर । रुम टु रिड (पढ्नको लागि कोठा)को बालिका शिक्षा कार्यक्रम नुवाकोटले कोशिश नेपाल र स्थानीय तहहरुसँगको सहकार्यमा मानसिक स्वास्थ्य सम्वन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ ।

आत्महत्या रोकथामका लागि शिक्षक र अभिभावकहरुलाई सहभागी गराई शैक्षिक कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । विदुर–२ मा रहेको भैरवी माध्यमिक विद्यालय, वडा नम्बर ५ को चन्द्रज्योती माध्यमिक विद्यालय र च्वाडी पब्लिक माध्यमिक विद्यालय र लिखु गाउँपालिकाको चौघडा स्थित क्षेत्रपाल माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन भएको छ । बालिका शिक्षा कार्यक्रम संचालन भई रहेको थप ९ वटा विद्यालयमा उक्त कार्यक्रम गरिने बालिका शिक्षा कार्यक्रम नुवाकोटका कार्यक्रम सहायक आकृती रिमालले जानकारी दिएका छन् ।

अभिमुखिकरण कार्यक्रममा मानसिक स्वास्थ्य, मानसिक स्वास्थ्य समस्या पछि हुने घटना साथै अत्महत्या रोकथामका लागि कसरी काम गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिने गरिएको उनले बताए ।

कार्यक्रमबाट आत्महत्या सम्बन्धि अवधारणा, सहयोग र न्युनिकरणमा आफ्नो र परिवाको भूमिका बारेमा जानकारी प्राप्त गरेका छन् । आत्महत्याको सोच बनाईराखेका व्यक्तिले समयमै मनोविमर्शकताको सहयोग पाउन सकेमा आत्महत्या रोकथाम र न्युनिकरण गर्न सकिने कोशिश नेपालका मनोविद् सफल सापकोटाले बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार बर्षेनी करिब आठ लाख भन्दा बढी ब्यक्तिहरुले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन् । जसमा ७० बर्ष उमेर माथीका समुहले बढी आत्महत्या गर्ने गरेको बताइएको छ । १५ देखि २९ बर्ष उमेर समुह दोस्रो आत्महत्या गर्ने समुह भित्र रहेको तथ्याङ्क रहेको छ । नेपालमा १६ प्रतिशत मृत्यु आत्महत्याको कारण हुने गरेको तथ्याङ्कले देखाएको छ ।

९ पुष २०७८, शुक्रबार ११:२४



तपाईको प्रतिक्रिया