विकास अभियानमा उपसभामुख

शिवपुरी । नुवाकोटबाट निर्वाचित बागमती प्रदेशका उप सभामुख राधिका तामाङले शुक्रवार एक/एक वटा पक्की पुलको उद्घाटन र शिलान्यास गरेका छन् । शिवपुरी गाउँपालिका वडा नम्बर २ मा पक्की पुलको उद्घाटन र शिलान्यास भएको हो ।

ज्यामिरे खोला पुलको उपसभामुख तामाङले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । उक्त पुल २ करोड २५ लाख रुपैयाँ लागतमा तयार भएको हो । उनकै पहलमा सो पुल निर्माण भएको हो । यस्तै वडा नं. २ स्थित लप्कालुङ घट्टेखोला पुलको उनले शिलान्यास गरेका छन् । यो पुल निर्माणका लागि समेत तामाङकै पहलमा दुई करोड ६ लाख रुपैयाँ बिनियोजन भएको छ । पुलको लागत अनुमान भ्याटसहित २ करोड ९८ लाख २१ हजार रुपैयाँ रहेकोमा जलुकेनी–बागेश्वरी जेभी नुवाकोटले २ करोड ६ लाख ३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख ओमकुमार शाहका अनुसार गत असार २२ गते ठेक्का सम्झौता गरिएको उक्त पुलको २०७९ पुस २१ गतेसम्मा निर्माण सम्पन्न गर्नुपर्ने छ ।

पुल शिलान्यास कार्यक्रममा बोल्दै उपसभामुख तामाङले २१ औं शताब्दीमा समेत हिड्नका लागि बलियो पुल नहुनु र नागरिकहरु पुल अभावमा गुज्रनु दुःखद् पक्ष रहेको बताए । विकासको नारा लगाउने पार्टी र नेताहरु सस्तो प्रचारमा मात्रै लाग्ने र आम नागरिकहरुको सुविधाका लागि कहिल्यै गम्भिर नभएको उनले सुनाईन् । ‘त्यसैले अरुले नहेरेको, वास्ता नगरेको क्षेत्रमा मेरो नजर रहने छ, म जनताकै काम गर्नका लागि समर्पित छु, अरुका जस्ता कुरा मात्रै ठूला गर्ने जनताको सुखका लागि केही गर्नुपर्यो भने पन्छिने स्वाभावको म होइन’ उनले भने । दुरदराजका नागरिकहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारीलगायतको क्षेत्रमा पुल निर्माणले सहजता भएकाले सबल र सक्षम बन्नको लागी यसले मद्दत गर्ने उनले बताए ।

ज्यामिरे खोला पुल निर्माण भएपछि लिखु, छाप, तलाखु, महाकालीलगायत नुवाकोटको पुर्वी भेगका नागरिकहरुले उत्पादन गरेको कृषिजन्य बस्तुहरु बजारसम्म पु-याउनको लागी सहज भएको छ । लप्कालुङ घट्टेखोला पुल निर्माण सम्पन्न भएपछि थप सहजता हुने छ ।

यसै बीच, उपसभामुख राधिका तामाङ र संघिय साँसद हितबहादुर तामाङको पहलमा केन्द्रिय सरकार मातहत परेको गुर्जेभञ्ज्याङ खोलेगाँउहुदै मानेभञ्ज्याङदेखी दुप्चेश्वरसम्म जाने मोटरबाटोको काम तिब्र रुपमा भैरहेको छ । गुर्जेभञ्ज्याङ खोलेगाँउसम्मको मोटरबाटो निर्माण भैरहेको छ । खोलेगाँउदेखी मानेभञ्ज्याङसम्मको बाटो टेन्डर हुने प्रक्रियामा छ । मानेभञ्ज्याङदेखी दुप्चेश्वरसम्मको मोटरबाटोको डिपिआर तयार भइरहेको उपसभामुख राधिका तामाङले बताएका छन् ।

१० पुष २०७८, शनिबार १२:३३



तपाईको प्रतिक्रिया