राप्रपा बागमती प्रबक्तामा सापकोटा

विदुर । राष्ट्रिय प्रजातन्त्र पार्टी बागमती प्रदेशको प्रवक्तामा नुवाकोटका बिष्णुप्रसाद सापकोटा मनोनित भएका छन् । हिजो काठमाडौंमा भएको प्रदेश समितिको बैठकले उनलाई सो जिम्मेवारी दिएको हो ।

केहि समय अगाडी हेटौडामा भएको प्रदेश अबिधेशनबाट सापकोटा प्रदशे सदस्यमा निर्विरोध निर्बाचित भएका थिए । निर्बाचित ३५ सदस्यहरुले पदाधिकारी चयन गर्ने क्रममा सापकोटालाई प्रबक्तामा चयन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ ।

सापकोटा २०६४ र २०७० सालमा भएको संबिधान सभा निर्बाचनमा तत्कालीन नुवाकोटको क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार समेत थिए । हाल उनी राष्टिय« उपभोक्ता मञ्च नुवाकोटको अध्यक्ष समेत छन् ।

१३ पुष २०७८, मंगलवार १५:१२



तपाईको प्रतिक्रिया