त्रिशुली अस्पताल फेरि नेपालकै पहिलो

त्रिशुली । जिल्ला अस्पताल त्रिशुली दोश्रो पटक पनि देशैभरी उत्कृष्ट भएको छ । अघिल्लो वर्ष ८८ अंक ल्याएर नेपालभरी उत्कृष्ठ बनेको नुवाकोटको त्रिशुली अस्पतालले यो पाली ९४ अंक प्राप्त गरेको छ ।

त्रिशुली अस्पतालमा आज स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले आयोजना गरेको कार्यक्रममा घोषणा भएको हो । त्रिशुली अस्पतालले गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्डमा उच्च अंक ल्याएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले जानकारी दिएका छन् । निर्देशनालयले हिजो र आज अस्पताको सबै पक्षको अनुगमन र मुल्याङ्कन गरेको थियो । त्यसका लागि निर्देशनालयबाट कर्मचारीहरु अस्पताल आएका छन् ।

भौतिक संरचनादेखि विशेषज्ञ सेवासम्म नेपालका अन्य सबै अस्पताललाई त्रिशुली अस्पतालले उछिनेको छ । जिल्ला अस्पतालले नै दर्जनौंको संख्यामा आइसियु सञ्चालन गर्नु अन्य अस्पतालका लागि समेत प्रेरणाको विषय रहेको त्रिशुली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. दिपेन्द्र पाण्डेले बताए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपाने

१४ पुष २०७८, बुधबार १६:१८



तपाईको प्रतिक्रिया