धादिङ । प्रेस सेन्टर नेपाल बागमती प्रदेशको दोश्रो पूर्ण बैठक धादिङमा बिहीबार सम्पन्न भएको छ ।
प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा ‘जुगल’ तथा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीका सह–सचिव बिजय बुर्लाकोटी सहितको उपस्थितीमा बसेको बैठकले प्रदेशका पदाधिकारीलाई जिल्ला र पालिका केन्द्रीत कार्यक्रम गर्नका लागि इञ्चार्ज बनाइ खटाउने निर्णय गरेको छ । बैठकमा संगठनका केन्द्रीय अध्यक्ष जुगलले संगठनलाई अझ बढी प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
बैठकले बाग्मती प्रदेशका दशवटै जिल्लामा जिल्ला इन्चार्ज तोकेर पठाएको छ । बागमती प्रदेशका प्रमुख सचिव धुब्र अधिकारीका अनुसार प्रदेश उपाध्यक्ष नानीमैया विष्टलाई चितवन, प्रदेश उपाध्यक्ष कपिलदेव खनाललाई रसुवा, प्रदेश उपाध्यक्ष अञ्जु डिम्दोङलाई कार्भे इञ्चार्ज तोकेको छ । बागमती प्रदेशका सचिवहरू सुमन गैरे मकवानपुर, सन्तोष दाहाल सिन्धुपाल्चोक, ध्रुबचन्द्र खड्का रामेछाप, चन्द्रकला खत्री दोलखा, गम्भिर विक सिन्धुली, इच्छापूर्ण कार्की नुवाकोट र सन्तोष देवकोटालाई धादिङ्ग इञ्चार्ज बनाइएको छ ।
इञ्चार्जले जिल्लामा पत्रकारिताको वस्तुस्थिति र संगठन विस्तार, कार्यालय स्थापना गर्ने, प्रेस सेन्टर नेपालको गाउँपालिका तथा नगरपालिका तहमा कमिटी गठनमा सहजिकरण गर्ने छन् ।
बैठकले मकवानपुरका इच्छापूर्ण कार्कीलाई प्रदेश सचिब पदमा मनोनित गर्ने, प्रेस सेन्टरमा आवद्ध पत्रकारको उपचार तथा बिपदमा सहयोग गर्नका लागि आपत्कालिन कोषको स्थापना, हेटौंडामा कार्यालय स्थापना लगायतका निर्णयहरू गरेको प्रदेश अध्यक्ष यदुनाथ गौतमले जानकारी दिएका छन् ।
दोश्रो पूर्ण बैठकमा प्रेस सेन्टर नेपालका नेताद्वय सुरेशचन्द्र अधिकारी, लक्ष्मण खड्का, नेकपा माओवादी केन्द्र प्रदेश प्रवास कमिटी सदस्य रमेश तिवारी, संगठनका केन्द्रीय सदस्य रमेश आचार्य, नारायण सिलवाल र कृष्ण सारु मगर, संगठन वागमती प्रदेशका अनुशासन कमिटीका संयोजक भरत अधिकारी लगायतकाको आतिथ्यता थियो ।
९ फाल्गुन २०७८, सोमबार ११:३३