अक्सिजन प्लान्ट सञ्चालनमा

धादिङ । धादिङ अस्पतालले आइतबारबाट अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । प्लान्ट सञ्चालनसँगै बिरामीको बेडमै पाइपलाइनबाट अक्सिजन पु-याइएको छ ।

प्लान्टले प्रतिघण्टा ८५–९० लिटरसम्म अक्सिजन उत्पादन गर्ने मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए । उनका अनुसार उत्पादित अक्सिजन पाइपलाइनबाट अस्पतालको आईसीयू र अन्य वार्डमा रहेका बेडमा पु-याइएको छ ।

यसअघि नीलकण्ठ नगरपालिकाले पनि धादिङबेसीस्थित अस्थायी कोभिड अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरी सञ्चालनमा ल्याएको थियो ।

अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट जडान भएपछि अक्सिजन आवश्यक रहेका बिरामीलाइ नुवाकोट ल्याउनु पर्ने बाध्यताबाट छुटकारा मिलेको छ ।

७ असार २०७८, सोमबार १६:५६



तपाईको प्रतिक्रिया