ढुंगाले लागेर धादिङमा २ जनाकाे मृत्यु

विदुर । लगातारको वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका- १० जवाङ्खोलामा सडकमाथिबाट खसेको ढुंगाले लागेर २ जनाको मृत्यु भएको छ ।

मुग्लिनबाट काठमाडौँ जादैँ गरेको ना ८ ख ४५४० नम्बरको ट्रकमाथि पहिरोसँगै ढुंगा खस्दा सह–चालक चितवन भण्डाराका बिरबल प्रजाको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी महेन्द्र खड्काले बताएका छन् । त्यस्तै ना ७ ख ३२० नम्बरकाे कन्टेनरमा सवार साेनी देवीकाे उपचारकाे क्रममा गण्डकी अस्पतालमा निधन भएकाे छ ।

पहिरोमा बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, ना ७ ख ३२० नम्बरको कन्टेनर, बा १ ग २८३१ नम्बरको ट्रक, ना ८ ख ४५४० नम्बरको ट्रक र पीएन २८ एए ०१२० नम्बरको ट्रक पुरिएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घटनास्थलमा उद्धारका लागि इलाका प्रहरी कार्यालय गजुरी र इलाका प्रहरी कार्यालय बेनीघाटबाट डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ ।

१९ असार २०७८, शनिबार ११:१२



तपाईको प्रतिक्रिया