धादिङ २ बाट कांग्रेसका रामनाथ अधिकारी निर्वाचित

धादिङ । धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका रामनाथ अधिकारी निर्वाचित भएका छन् ।

अधिकारीले नेकपा एमालेका खेमप्रसाद लोहनीलाई पराजित गरेका हुन् । उनले ३४ हजार ७८३ मत ल्याएर विजयी भएका हुन् । एमालेका लोहनीले २३ हजार ९५० मत पाए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी बसुमाया तामाङले पाँच हजार ५२५ मत पाइन् ।यो क्षेत्रमा तीन हजार ३७३ मत बदर भएको छ ।

८ मंसिर २०७९, बिहीबार १७:१२



तपाईको प्रतिक्रिया