विदुर । नुवाकोटमा आज एक जना कोभिड–१९ (नोबेल कोरोना भाइरस) संक्रममित फेला परेका छन् । विदुरन गरपालिकामा केहीदिनदेखि बस्दै आएका २७ वर्षिया पुरुषमा कोरोना भाइरसको संक्रमण फेला परेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिएका छन् ।
उनलाई अहिले त्रिशुली अस्पतालको आइसोलेसनमा राखिएको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ ।
उनी सहित नुवाकोटका र नुवाकोटमा भेटिएका कोरोना संक्रमितहरुको संख्या ६८ पुगेको छ । हिजो मात्रै तीन जना संक्रमित फेला परेका थिए । अहिले त्रिशुली अस्पतालको आइसोलेसनमा १५ जना, खरानीटार अस्पतालको आइसोलेसनमा ५ जना र काठमाडौंको विभिन्न अस्पतालको आइसोलेसनमा ५ जनाले उपचार गरिरहेका छन् ।
कोरोना संक्रमित भएका ४२ जना नुवाकोटका नागरिकहरु भने निको भएर घर फर्किसकेका छन् ।

३० श्रावण २०७७, शुक्रबार १५:०३