नुवाकोट । विश्व महामारी कोभिड–१९ (नोबेल कोरोना भाइरस) का कारण रोजगारी गुमाएका तथा श्रम करार अवधि सकिएका नुवाकोटका ३८ युवाहरु दुतावासमा नाम लेखाएर प्रतीक्षा गरिरहेका छन् ।
कतारमा काम गर्दै आएका नुवाकोटका युवाहरु बसैले रोगजारी गुमाएका छन् भने कोही बेतलवी विदामा छन् । नेपाली दूतावासमा असार ११ गतेदेखि साउन २७ गतेसम्म नेपाल फर्कन चाहेर नाम लेखाउने युवाहरुको संख्या ५ हजार ७५७ छ । त्यस मध्ये नुवाकोटका ३८ जना रहेको दूतावासको प्रतिवेदनले देखाएको छ । जसमा ६ जना महिला र ३२ जना पुरुष छन् ।
भिसाको म्याद सकिएका, बेतलवी विदामा बसेका, रोजगार गुमाएका वा श्रम करार अवधि सकिएकाहरु नुवाकोट फर्कन चाहेका हुन् । यसरी घर आउन चाहानेहरुमा रोजगारी गुमाउनेहरु चाँही बढि छन् । भिसाको म्याद सकिएर फर्कनका लागि राजदूतावासमा निवेदन दिने नुवाकोटका युवाहरु १४ जना छन् । त्यस्तै बेतलवी विदामा बस्न बाध्य भएका ७ जना नुवाकोट फर्कन चाहान्छन् । रोजगार गुमाएका वा श्रम करार अवधि सकिएकाहरु १७ जनाले घर आउनका लागि आवेदन गरेका छन् ।

३० श्रावण २०७७, शुक्रबार २१:१७