आज राती नुवाकोटको निषेधाज्ञा सकिदै, पुनः थप गर्ने विषयमा छलफल सुरु

विदुर । नुवाकोटमा आज भदौ ९ गते राती १२ बजेसम्मका लागी पुर्ण रुपमा निषेधाज्ञा जारि छ । आंशिक रुपमा जिल्ला भित्र शिल समेत भएको कोभिड १९ जिल्ला संकट ब्यबस्थापन केन्द्रका अध्यक्ष एवं नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए । आज राती सकिने निषेधाज्ञालाई जारी राख्ने वा टुङ्ग्याउने भन्ने बारेमा आज निर्णय हुने छ ।

महामारी नियन्त्रणका लागि भन्दै नुवाकोटमा जिल्ला प्रशासन कार्यालय लगायत सबै सरकारी तथा बित्तिय संस्थाहरुबाट हुने सबै सेवा बन्द गराएका छन् । अब हुने निषेधाज्ञा कुन शैलीको हुने र कुन कुन क्षेत्रलाई सहज पार्ने भन्ने बारेमा प्रजिअले अनौपचारिक रुपमा विर्माश सुरु गरेका छन् । श्रोतका अनुसार नुवाकोटका केही स्थानहरुमा पुनः निषेधाज्ञा जारी रहने छ ।

आजसम्म नुवाकोटको निषेधाज्ञा लागू गरिएका क्षेत्रमा अत्यावश्यक सेवा मात्र सुचारु गरिएको छ । शिल भएको क्षेत्रमा अत्याबश्येक सेवा समेत बन्द गरेको छ । शिल गरेको क्षेत्रमा जनप्रतिनिधिहरुले नै आबाश्यक बस्तुको ब्यबस्थापन गरिदिएका छन् ।

जिल्ला भित्र संक्रमणको अबस्था हेरेर थप निषेधाज्ञा हुने नहुने बिषयमा संकट ब्यबस्थापन केन्द्रले निर्णय गर्ने बताईएको छ । नुवाकोट कोरोना संक्रमितको संख्याको हिसाबमा ५५ औँ स्थानमा छ ।

लकडाउन अन्त्य भएसँगै मुलुकभर कोरोना संक्रमितको संख्या बढ्न थालेपछि ३५ जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेका छन् । निश्चित क्षेत्रमा संक्रमण देखिए पछि आंशिक निषेधाज्ञा गरिएको छ । त्यसअनुसार १२ जिल्लामा आंशिक निषेधाज्ञा लागू गरिएको छ । गृह मन्त्रालयका अनुसार कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको निष्कर्ष अनुुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लागू गरेका हुन् । स्थानीय प्रशासन ऐन, २०२८ र मन्त्रिपरिषदको निर्णय बमोजिम संक्रमण बढी देखिएको स्थानमा सीडीओहरुले निषेधाज्ञाको आदेश जारी गरेको बताएका छन् ।

अब लकडाउन नगर्ने निर्णय अनुसार संक्रमण देखिएका ठाउँमा अघोषित रुपमा लकडाउन सरह नै निषेधाज्ञा जारी गर्ने नीति लिइएको हो ।

९ भाद्र २०७७, मंगलवार १४:४८



तपाईको प्रतिक्रिया