प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

विदुर । उपभोक्ता हित संरक्षण मञ्च जिल्ला कार्य समिति नुवाकोटले जिल्ला प्रशासन कार्यालय नुवाकोट मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

अध्यक्ष इन्द्रबहादुर पण्डितले प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकाल मार्फत् माग पत्र बुझाएका हुन् ।

उपभोक्त संरक्षण मञ्च नुवाकोटले १४ बुँदे ध्यानाकर्षण पत्र प्रधानमन्त्रीको कार्यालयमा पठाएको छ । ब्याबसायीको प्रभावमा परी कानुन कार्यान्वयन नगरिएको, उपभोक्ताले उपभोग गर्ने बस्तु नियम बिपरित बिक्री भैरहेको तर नियमन तथा नियन्त्रणमा प्रभावकारिता नदेखिएको उल्लेख छ ।

२१ आश्विन २०७७, बुधबार १९:५२



तपाईको प्रतिक्रिया