नुवाकोटको बजेट तीन अर्ब ७९ करोड ७५ लाख

नुवाकोट – नुवाकोट जिल्लाको आगामी आर्थिक वर्षमा केन्द्र सरकारले बित्तिय समानिकरण अन्तरगत १२ स्थानीय तहलाई तीनअर्ब ७९ करोड ७५ लाख रुपैयाँ बजेट छुट्टाएको छ ।

शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेश मार्फत ल्याएको बजेटमा अघिल्लो वर्षको भन्दा नुवाकोटको लागी केही थप गर्दै अर्को वर्षको लागी तीन अर्ब ७९ करोड ७५ लाख रुपैयाँ बजेट उपलब्ध गराउनुभएको हो । बित्तिय समानिकरण अन्तरगत विदुर नगरपालिकाले अर्को वर्ष ६० करोड ३९ लाख र बेलकोटगढी नगरपालिकाले ४८ करोड ४५ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।

ककनी गाउँपालिकाले ३२ करोड २६ लाख, किस्पाङ गाउँपालिकाले २४ करोड १४ लाख, तादीगाउँ गाउँपालिका २८ करोड २० लाख, तारकेश्वर गाउँपालिका २३ करोड ४ लाख रुपैयाँ पाउने भएको छ ।

यस्तै, दुप्चेश्वर गाउँपालिकाले ३१ करोड १० लाख, पन्चकन्या गाउँपालिका २३ करोड ९२ लाख, म्यागङ गाउँपालिकाले २५ करोड २८ लाख, लिखु गाउँपालिका २५ करोड ३२ लाख, शिवपूरी गाउँपालिका ३३ करोड ९ लाख र सूर्यगढी गाउँपालिकाले २४ करोड ५६ लाख रुपैयाँ बजेट प्राप्त गर्ने भएको छ ।

‘अन्तर–सरकारी वित्त व्यवस्थापन ऐनमा उल्लेख भए अनुसार अनुदान सम्बन्धी व्यवस्था र त्यसको बाँडफाँट ‘प्राकृतिक स्रोत तथा वित्त ब्यस्थापन आयोग’ले मार्फत हुने गरेको छ । नेपाल सरकारले प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा आयोगको सिफारिसमा प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान अन्तरगत बजेट उपलब्ध गराउने क्रममा यो वर्ष नुवाकोटको लागी करीब तीन अर्ब ८० करोड रुपैयाँ बजेट उपलब्ध गराएको हो ।

संघीय सरकारबाट प्राप्त अनुदान र आफ्नो श्रोतबाट उठेको राजस्वलाई प्रदेशले प्रदेशभित्रका स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा प्रदेश कानून बमोजिम आयोगको सिफारिसमा वित्तीय समानीकरण अनुदान दिने कानूनी व्यावस्था रहेको छ ।

१७ जेष्ठ २०७८, सोमबार ०९:३४



तपाईको प्रतिक्रिया