स्वाब रिपोर्ट अनलाईनबाट

अघिल्लो महिना त्रिभुवन त्रिशुली माविमा सञ्चालित परिक्षामा सहभागिको स्वास्थ्य परिक्षण गर्दै ।

त्रिशुली । त्रिशुली अस्पतालमा परीक्षण हुने कोरोना भाइरसको स्वाब रिपोर्ट अनलाईनबाटै प्राप्त हुने भएको छ । शुक्रबारदेखि अस्पतालको पिसिआर ल्याबमा स्वाब परीक्षण दिएको नतिजा घरमै बसेर पूर्ण रुपमा हेर्न सकिने व्यवस्था गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले बताए । अनलाईनबाटै स्वाब परीक्षण नतिजाको सिटी अथवा ‘साइकल थ्रेसहोल्ड’ को भ्यालु(अंक) के कति छ भनि मोबाईलमै हेर्न सकिने छ भने प्रिन्ट समेत गर्न सकिने व्यवस्था गरिएको उनले बताए ।

यस अघि स्वाब दिएका बिरामीहरुको सम्पर्क नम्बरमा रिपोर्टको नतिजा एसएमएसबाट पठाइन्थ्यो । अहिले अस्पतालले एसएमएसमा पूर्ण विवरण हेर्न वेबसाईटको लिंक पठाईने व्यवस्था गरिएको र त्यस लिंकको माध्यमबाट मोबाईलमै पूर्ण रुपले नतिजा हेर्न सकिने ल्याब इन्चार्ज तथा माइक्रो बायोलिस्ट ज्ञानेश्वर थारुले जानकारी दिए ।

हालसम्म अस्पतालको स्वाब परीक्षण ल्याबबाट १५ हजार ३०७ जनाको पिसिआर परीक्षण गरिएको छ । पीसीआरको रिपोर्टमा भाइरसको मात्रा सीटि भ्यालु ले जनाउँदछ । सीटि भ्यालु थोरै हुँदा भाइरसको मात्रा धेरै हुन्छस सीटि भ्यालु धेरै हुँदा भाइरसको मात्रा थोरै हुन्छ ।

पीसीआरको रिपोर्ट निगेटिभ हुनलाई सीटि भ्यालुको कट आफÞ बिन्दु जाँच गरिने किट अनुसार ३६ देखि ४० सम्म हुने प्रयोगशालाले जनाएको छ । सामान्यतया सीटि भ्यालु ३० देखि ३२ हुँदा भाइरसको मात्रा घटिसकेको हुने त्रिशुली अस्पताल नुवाकोटले जनाएको छ ।

शरीरको प्रतिरक्षात्मक शक्तिले काम गर्दा एक सप्ताहमा सामान्यतया पाँच युनिट सीटि भ्यालु घट्छ र यसरि सुरुमा जाँचको रिपोर्टमा सीटि भ्यालु २० देखि २१ भएको खण्डमा पहिलो हप्ता पछि २४ देखि २५ पुग्ने छ । दोस्रो हप्तामा ३० देखि३१ र तेस्रो हप्तामा ३५ देखि ३६ हुने र २१ देखि २२ दिनमा पीसीआरको रिपोर्ट निगेटिभ आउने गरेको पिसिआर प्रयोगशालाले जनाएको छ ।

संक्रमितहरुमा देखिएको सिटि भ्यालु उमेर, लिंग, शरीरको प्रतिरक्षात्मक शक्ति, एन्टी भाइरल औषधिको प्रयोग, फोक्सोको स्थीति, अरु रोगहरुमा भर पर्छ ।

१५ असार २०७८, मंगलवार १०:१८



तपाईको प्रतिक्रिया